अराजक बन्दै छन् सिके राउत

अराजक बन्दै छन् सिके राउत

जनकपुरधाम : सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्ता आन्दोलन गर्ने नाममा अराजक बनेका छन्। जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर कालोमोसो दली नगर परिक्रमा गराएका थिए।  

लागातार परेको भारी वर्षाको कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले  कुशवाहालाई दुर्व्यवहार गरेका हुन्। दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि गुण्डागर्दी शैलीमा खानेपानी प्रमुखलाई जबरजस्ती सडकमा घिसार्दै, लछार्दै–पछार्दै नगरपरिक्रमा गराएका थिए।  

जनकपुरको रामानन्द चोक स्थित कार्यालयमा लाठी सहित पुगेका दर्जनौं कार्यकर्ताले कुशवाहालाई जर्बजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गरे । उनीहरुले निमित्त प्रमुख कुश्वााहाले लगाएको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख  कुशवाहालाई अर्धनग्न बनाएर कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो।   

यसअघिको आन्दोलनमा समेत सिके राउतका कार्यकर्ताले विरोध प्रदर्शन गर्दै जनकपुरधाम उप–महानगरपालिकामा तोडफोड गरेका थिए। कार्यालयको ढोका सहित अन्य स्थानमा तोडफोड मच्चाउनुका साथै कर्मचारीमाथि समेत हातपात गरेका थिए। 

सिके राउतका १० कार्यकर्ता पक्राउ 

नेपाल खानेपानी संस्थान जनकपुरका निमित प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न बनाएर दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले खानेपानी संस्थानका प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै कालोमोसो दलेर बजार घुमाएका थिए। तीमध्ये १० जना उत्छृङ्खल नेता कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

निमित प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर कुटपिट गर्ने क्रममा दश जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई छुटाउन जिल्ला प्रहरीमा अझै नेताले धर्ना दिइरहेका छन्। 

इन्जिनियर आन्दोलित 

जनकपुरधामका इन्जिनियरहरू आन्दोलनको कडा चेतावनी दिंदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्। जनकपुरधाममा बिहीबार जनमतपार्टीको कार्यकर्ताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग गर्दै इन्जिनियरहरूले प्रहरी प्रशासनले न्याय नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। 

कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कुनै राष्ट्रभक्त कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो थोपी शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्।  

फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता माथिको कलंक कथित जानकारवाहीको नाममा राउतले गरेको यस जंगली तथा उदण्ड हर्कतको जनताले पक्कै हिसाव किताब गर्नेछ। सस्तो लोकप्रियताको लागि गरिएको यस अपराधिक कार्यमा संलग्न जो सुकैलाई सरकारले कारबाहीको दायरामा ल्याइ दण्डित गर्नैपर्छ। राउतको गैरलोकतान्त्रिक र गैरराजनीतिक स्टेटमेन्ट निन्दनीय र खेदजनक छ।’

प्रमुख जिल्ला अधिकारी बास्तोलाले जनमत पार्टीले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहा उपर गरेको दुर्वव्यवहार भुमिगत शैलीको रहेको बताएका छन्। बास्तोलाले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बस्ने गरेको जनकपुरधामको एक टोलमा पानी, ढल निकासको समस्या रहेकाले त्यसैको बाहानामा उनीहरु केही दिन पूर्व जनकपुरधाम उप–महानगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेको बताउँदै जनमत पार्टीको गतिविधि शंकाष्पद रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.