अन्डरवेयर

अन्डरवेयर

नर्क सम्राट् आश्चर्यचकित हुन्छ, ‘कति पाण्डुलिपि पठाएँ। कुनै प्रकाशकको रिप्लाई आएन तर महिला भन्नेबित्तिाकै पहिलो च्याटमै यति धेरै रेस्पोन्स ! वा रे वा दुनियाँ !’


पूर्वदिशामा शून्य वाटको घामको बत्ती बलिरहेको समय हो यो। यो लेखकको मलमूत्र व्यवस्थापन र स्नानको समय हो। लेखकको नाम अलि खत्रै छ। उसको नागरिकताको नाम अनुकूल राना हो तर आफूलाई साहित्यिक नामको रूपमा नर्क सम्राट् भन्न रुचाउँछ। नर्क सम्राट् बैठक कोठामा आएपछि झट्ट सम्झन्छ, उसले अन्डरवेयर लगाउनै बिर्सेको छ। हत्तपत्त बाथरुम छिर्छ। उसको अन्डरवेयर वासिङ बेसिनमा लम्पसार देख्छ। अन्डरवेयरलाई देखेर उसको मनमा काव्य उम्रन्छ।

‘एकदिन अन्डरवेयरले भन्यो,
ए महामानवहरू !
तिमीहरू मलाई गलत ठाउँमा प्रयोग गर्दै छौ
तिमीहरूको मस्तिष्क अत्यधिक नग्न छ
त्यहाँ लगेर मलाई लगाइदेऊ।’

 

नर्क सम्राट्ले कविता लेखेपछि, उसको दिमागमा एउटा भूत सवार हुन्छ, ‘म अब अन्डरवेयर शीर्षकमा एउटा पूरै सिंगो कविता संग्रह प्रकाशन गर्छु। उक्त संग्रहमा सबै कविता अन्डरवेयरसम्बन्धी हुनेछन्।’ अब उसको कवि मनले अन्डरवेयर लगाउँछ।

नर्क सम्राट् यो म्यासेज पढेर अकमक्क पर्छ। घिन लाग्छ यो समाजको नग्न मस्तिष्क देखेर। श्रीमतीको नाम बेचेर कमाउन खोजेको प्रतिष्ठामा आफैंले आफैंलाई थुक्छ।

नर्क सम्राट्की श्रीमती पाठशालामा पाठ घोकाउने काम गर्छे। नर्क सम्राट्की एउटी छोरी छे, जसले पाँचवटा दसैं मनाइसकेकी छ। छोरीको नाम काव्या हो। जब नर्क सम्राट्ले उसकी छोरीलाई पहिलो पटक स्पर्श गरेको थियो, उसले मनमनै सोचेको थियो– ‘म वास्तवमा नर्क सम्राट् होइन, स्वर्ग सम्राट् हुँ। जसले यतिबेला परीलाई आफ्नो काखमा च्यापिराखेको छ।’

लगत्तै काव्याको तस्बिर खिचेर, एउटा क्याप्सन काव्याको नाममा यसरी लेखेर सेयर गर्‍यो;
‘अक्सर ताराहरू मात्र खस्छन्– आकाशबाट
मेरो काखमा जून खस्यो
अचेल पूर्ण चन्द्र हेर्न मलाई
पूर्णिमाको रात पर्खनु पर्दैन।’

नर्क सम्राट् लेख्ने कामबाहेक अरू केही गर्दैन। ऊ श्रीमतीको पकेट खर्चमा चल्ने गर्छ। उसको आवश्यकता भनेको दिनको एक बट्टा धुवाँ मात्रै हो। श्रीमती भविष्यलाई लिएर चिन्तित हुन्छे। नर्क सम्राट्लाई केही ढंगको काम गर्न आग्रह गरिरहन्छे। नर्क सम्राट् दसदेखि पाँचको दाम्लोमा बाँधिन नसक्ने बताउँछ। 

‘हेर नर्क सम्राट्की सम्राज्ञी यो नाथे एउटा जिन्दगी त काव्या र तिम्रो मिस्रीजस्तो अनुहार हेरेर बितिजानेछ।’

श्रीमती, ‘कमसेकम काव्याको भविष्यको बारेमा त सोच्नुहोस्।’

नर्क सम्राट्, ‘हेर दिव्याञ्जली न तिमी सोचेर यो धर्तीमा आयौ, न त तिमीले सोचेर मसँग बिहे गर्‍यौं, फेरि काव्या पनि हामीले सोचेर जन्माएका होइनौं। यो संसारमा जे जे हुन्छ सबै अनियोजित, अनपेक्षित र अनिश्चित हुन्छ। काव्यासँग पनि जे हुने छ, राम्रै हुनेछ। कि कसो श्रीमान्की श्रीमती ?’

‘लेखक न पर्नुभयो, बोलेर जित्न सक्दिनँ।’ हल्का ओठ खुम्चाएर रिसाउँदै ऊ जान्छे।

‘हेल्लो कायाको छायाजी। हजुरको क्याप्सन कस्तो प्रतीकात्मक। हजुर झन् कति राम्री स्वर्गकी अप्सरा मेनका फ्लप खुवाउने।’ मैले रिप्लाई गरें, ‘धन्यवाद सर।’

नर्क सम्राट् टीभी हेर्दै हुन्छ। देशले फेरि अर्को 

प्रधानमन्त्री पाएको समाचार श्रव्यदृश्यमा चल्दै छ। कलम र डायरी लिएर ऊ आफ्नो अन्डरवेयर शीर्षकमा कविता लेख्न बसिहाल्छ।

‘नेताजी !

तपाईंले त मुखै देखाउन नहुने काम गर्नुभयो
अब तपाईंले अन्डरवेयरले गुप्तांग ढाक्नुको के अर्थ ?
बरु यसो गर्नुहोस्
‘त्यो अन्डरवेयर तपाईंको मुखमा लगाउनुहोस्।’
‘मैले जन्मेदेखि अन्डरवेयर फेरेको छैन, त्यति त 
यो देशले प्रधानमन्त्री फेरिसक्यो।’ एक्लै भुनभुनाउँछ 
नर्क सम्राट्।

दिव्याञ्जलीको मुहारमा आज लोडसेडिङ छ। सधैं धप्प बलिरहने अखण्ड दीपजस्तो मुहारमा आँधीबेहरी चलेर भर्भराएको आगोजस्तै भएको छ।

नर्क सम्राट् भन्छन्, ‘कुलमानजी नभएर मेरो बुढीको मुहारमा अँध्यारो छाएको हो भनुँ भने पुन: आइसक्नु भएको छ। यो के भयो ?’

दिव्याञ्जली आँखा ओसिलो बनाउँदै, ‘आज काव्याको कक्षामा सबैलाई तिम्रो बाबाले के गर्नुहुन्छ भनेर प्रश्न गरिएको रहेछ। सबैले मेरो बुवा डाक्टर, व्यापारी, इन्जिनियर आदि इत्यादि भनेछन्। तपाईंलाई थाहा छ, काव्याले के भनिछन् ? काव्याले, मेरो बुवा कपी र पेन समातेर होमवर्क गरिरहनुहुन्छ अनि चुरोट सल्काइरहनुहुन्छ भनिछन्।’

यो कुरा सुनिसकेपछि नर्क सम्राट्लाई एकपटक नर्क यात्रा गरेर आएझैँ भयो, ‘काव्या, जो मेरो खुसीको भण्डार हो। उसकै लागि भए पनि मैले एउटा परिचय बनाउनुपर्छ। भोलि उसको बाबाले के गर्छ भन्दा उसले गर्वको साथ, ‘मेरो बुवा लेखक हो भन्न सक्नुपर्छ।’ 

नर्कले धेरैबेर सोचेपछि एउटा निर्णयमा पुग्यो, ‘अब मैले लेखकको लाइसेन्स प्राप्त गर्न, केही किताब प्रकाशन गर्नै पर्छ। मसँग दुईचारवटा कथा र उपन्यासका पाण्डुलिपि त छँदै छन्। आजैबाट म शब्दसँग सहवास गरेर पुस्तक जन्माउने तयारीमा लाग्छु।’

रात्रिकालीन दालभात तरकारी डाउनलोड भइसकेको छ। दिव्याञ्जलीको मुहार दिउँसोको कुराले अझै नमस्काएको भाँडा जस्तै भएको छ। नर्कले दिव्याञ्जलीको मूड ठीक गर्न तान्दै भन्छ, ‘आऊ आज यो नर्क सम्राट्ले तिमीलाई स्वर्गको भ्रमण गराउँछ।’

नर्क सम्राट्ले प्रेमिल यानमा श्रीमतीलाई स्वर्गको यात्रामा लैजान्छ।

नर्क सम्राट् आजदेखि काव्याका लागि लेखक बन्ने तयारीमा छ। उसले सुनेको थियो। किताब प्रकाशन गर्नुपूर्व दुईचारवटा सिर्जना राष्ट्रिय पत्रपत्रिकामा छपाउनु जरुरी हुन्छ। अब उसको पहिलो प्राथमिकताअनुसार सबै प्रमुख पत्रपत्रिकामा आफ्ना रचनाहरू इमेल गर्छ। एक महिना, दुई महिना गर्दै एक वर्ष बित्छ। कतै पनि रचना छापिँदैन।

नर्क सम्राट् यो अवधिमा डिप्रेसनको सिकार भएको छ। काव्याका लागि लेखक बन्ने सपना तुहिँदै छ। यो एक वर्षको अवधिमा उसले विभिन्न प्रकाशकलाई आफ्ना कथा उपन्यासका पाण्डुलिपि पठाएकै हो। कतैबाट जवाफ आएन। यो एक वर्षमा उसले गरेको प्रगति भनेको औंलामा कलमभन्दा बढी चुरोट चाप्ने हो।

नर्क सम्राट् कलम र डायरीमा आफ्नो फ्रस्टेसन निकाल्दै अन्डरवेयर शीर्षकमा फेरि कविता लेख्छ :

‘मलाई सबैभन्दा बढी नांगो
मेरी आमाले, होइन
मेरी गर्लफ्रेन्डले, होइन 
मेरी स्वास्नीले, होइन
मभित्रको मले देखेको छ
म म भित्रको मलाई अन्डरवेयर किन्न हिँडे।’

नर्क सम्राट्लाई भोक लागेकाले दुई पिस पाउरोटी र जामको डब्बा लिएर डाइनिङ टेबलमा बस्छ। औंलाले जाम निकाल्न खोज्छ। जाम राम्रोसँग आउँदैन। अनि पुरानो उखान सम्झिन्छ, ‘सोझो औंलाले घ्यू निक्लिन्न।’ यही उखानको सिद्धान्त प्रयोग गरेर औंला टेढो बनाउँछ। पहिलाभन्दा जाम कोतर्न सफल हुन्छ। यो उखानले उसको खुरापाती दिमागमा मैनबत्ती जल्छ। ‘हो, सोझो औंलाले घ्यू निकाल्न खोज्नु भनेको मूर्खता नै हो। अब म औंला टेढो बनाउँछु।’ नर्कले मनसँग वार्तालाप गर्छ।

श्रीमतीका राम्राराम्रा फोटा संकलन गरेर एउटा फेसबुक आईडी बनाउँछ ऊ। फेसबुक आईडीको नाम ‘कायाको छाया’ राख्छ। दिव्याञ्जलीको एउटा आकर्षक फोटो प्रोफाइलमा राख्छ। त्यही प्रोफाइल फोटोमा क्याप्सन लेख्छ, 

‘उष्णता ओढेर सुतिरहेको रातमा 
उनी भित्रको तृष्णाले यज्ञ कुण्ड सक्रिय भयो
मैले पोखरीबाट एक अँञ्जुली जून उभाएर
हवन गरिदिएँ– ‘स्वाहा’ !’

केही कविताहरू लेखेर धमाधम अपलोड गर्छ। देशका चर्चित, वरिष्ठ, कनिष्ठ, अग्रज, अनुज साहित्यकारलाई रिक्वेस्ट पठाउँछ। देशको अग्रणी स्थान ओगटेका पत्रपत्रिकाका सम्पादक र प्रमुख प्रकाशनगृहका सम्पादकलाई पनि साथीको अनुरोध पठाउँछ। एकछिन फेसबुकको भित्तामा पर्दा लगाएर नर्क अर्को एउटा अन्डरवेयर शीर्षकमा कविता लेख्न बस्छ :

‘एकपटक 
अन्डरवेयरमा चिट लुकाइयो
अन्डरवेयरमा सुन लुकाइयो
मलाई लाग्यो अन्डरवेयर
चोरहरूले लगाउँछन् !’

०००

एक घण्टापछि कायाको छाया नामक फेसबुक आईडी लग इन् गर्छ। उसले पठाएको साथी अनुरोधलाई धेरेलै एसेप्ट गरिसकेका छन्। 

कयौं फ्रेन्ड रिक्वेस्ट पनि आइसकेको छ। उसले पोस्ट गरेका कवितामा दर्जनौं लब रियाक्ट र कमेन्ट देखिन्छ। सबैभन्दा बढी प्रतिक्रिया भने प्रोफाइल पिक्चरमा देखिन्छ।

सेक्सी, लुकिङ हट आदिजस्ता कमेन्ट पढेर नर्क सम्राट् मनमनै हाँस्यो, ‘सालाहरू कामुक आँखाले के के देख्छन्।’

यतिकैमा नोटिफिकेसन आयो, फ्रेन्ड रिक्वेस्ट एसेप्टेड भनेर। त्यो नोटिफिकेसन देशको प्रसिद्ध पत्रिकाको सम्पादकको थियो। उति नै बेला इन्बक्समा म्यासेज टिङ गर्दै बज्यो, त्यहीँ सम्पादकको।

‘हेल्लो कायाको छायाजी। हजुरको क्याप्सन कस्तो प्रतीकात्मक। हजुर झन् कति राम्री स्वर्गकी अप्सरा मेनका फ्लप खुवाउने।’

मैले रिप्लाई गरें, ‘धन्यवाद सर।’ 
सम्पादक– ‘के गर्नुहुन्छ।’
कायाको छाया – ‘शब्दमा जीवन खोज्छु।’
सम्पादक– ‘कविताहरू पनि खुब राम्रो लेख्नु हुँदोरहेछ। यसो हाम्रो पत्रिकालाई हजुरका शब्ददान गर्दिन पर्‍यो।’
कायाको छाया– ‘हुन्छ नि सर। इमेल आइडी दिनुहोला न म पठाइहाल्छु। अहिलेलाई बिदा मागें है। फेरि भेटौंला।’

०००

एउटा सफल प्रकाशन गृहको प्रकाशकले पनि रिक्वेस्ट एसेप्ट गरिसकेको हुन्छ। उसले पनि नमस्ते लेखेको म्यासेज इन्बक्समा छोडिसकेको छ। नर्क सम्राट् कायाको छाया नामको आईडीबाट रिप्लाई गर्छ।

कायाको छाया– ‘नमस्कार सर।’

प्रकाशक – ‘यति सुन्दर मान्छेलाई त आँखैअगाडि राखेर हेर्नुपर्ने हो तर टाढा छौं हामी।’

नर्क सम्राट्ले विषायान्तर गरेर रिप्लाई गर्छ, ‘सर मैले एउटा उपन्यास तयार पारेकी छु। तपाईंको प्रकाशन गृहबाट निकाल्न पाए अति उत्तम हुन्थो।’

प्रकाशक– ‘हुन्छ, पाण्डुलिपि पठाउनु न है।’

कायाको छाया– ‘हस् सर।’

नर्क सम्राट् आश्चर्यचकित हुन्छ, ‘मैले कति पाण्डुलिपि पठाएँ। कुनै प्रकाशकको रिप्लाई आएन तर एउटा महिला भन्नेबित्तिकै पहिलो च्याटमै यति धेरै रेस्पोन्स ! वा रे वा दुनियाँ !’

यसपटक मोबाइलको नोटप्याडमै एउटा अन्डरवेयर शीर्षकमा कविता टाइप गरिहाल्छ।

‘मान्छे 
चोर्न लाज मान्दैन
ढाट्न लाज मान्दैन
ठग्न लाज मान्दैन
तर, 
अन्डरवेयर निकालेर फाल्न लजाउँछ !’
०००

नर्क सम्राट् कायाको छाया एकाउन्ट लग इन् गर्छ। म्यासेन्जरमा म्यासेजको जुलुस देख्छ। फ्रेन्ड रिक्वेस्टको ताँती देख्छ।

सम्पादक– ‘तपाईंको कविता छापिएको छ। लिंक पठाएको छु। गजब लेख्नु हुँदो रहेछ।

कायाको छाया– ‘धन्यवाद सर, ऋणी छु म।’

सम्पादक– ‘ऋण तिर्ने एउटा उपाय छ।’

कायाको छाया– ‘कस्तो उपाय सर।’ 

सम्पादक– ‘तत्काललाई एउटा हट फोटो पठाउनुहोस् न। अनि छिट्टै क्याफेमा भेट्ने वाचा पनि गर्नुहोस्।’

नर्क सम्राट्ले श्रीमतीको एउटा सुन्दर फोटो झट्पट् खोजेर सम्पादकलाई पठाइदिन्छ।                

सम्पादक– ‘ओ माई गड ! यु आर सो सेक्सी ! हट मान्छेलाई नभेटी म बस्न सक्दिनँ। छिटो मिलाउनुहोस् समय।’

कायाको छाया– ‘छ्या सर पनि ! आउँछ सर त्यो दिन छिट्टै आउँछ। अहिलेलाई व्यस्त भएँ।’
०००

नर्क सम्राट्लाई नराम्रो लाग्छ। श्रीमतीलाई यसरी प्रयोग गरेकोमा। अन्डरवेयर शीर्षकमा तुरुन्त एउटा कविता लेखिहाल्छ :

‘ऐनामा, हेर्दा आफैंलाई
म नांगो देखिन्छु !
एकदिन त ऐनालाई अन्डरवेयर लगाइदिएँ !
००

कायाको छाया एकाउन्टमा फेरि लग इन् गर्छ, नर्क सम्राट्। प्रकाशकको म्यासेज आएकाले अरूको मेसेजलाई इग्नोर गरेर त्यतै लाग्छ।

प्रकाशक– ‘कायाजी तपाईंको पाण्डुलिपि हाम्रो चयन विभागले पढ्यो। हामी प्रकाशन गर्न तयार छौं तर एउटा सर्त छ। मैले जुन दिनदेखि हजुरलाई देखें। म निदाउन सकेको छैन। हजुरले मेरो नीद मबाट खोसेर अपराध गर्नु भएको छ। यो अपराधको दण्ड भनेको तपाईंले मसँग निदाउन पर्छ।’

नर्क सम्राट् यो म्यासेज पढेर अकमक्क पर्छ। घिन लाग्छ यो समाजको नग्न मस्तिष्क देखेर। नारीको बारेमा यस्तो सोचेको देखेर आफैंलाई धिक्कार्छ। श्रीमतीको नाम बेचेर कमाउन खोजेको प्रतिष्ठामा आफैंले आफैंलाई थुक्छ। सम्पादकको यो म्यासेजलाई स्क्रिनसट गरेर राख्छ। प्रकाशकको म्यासेजको कुनै रिप्लाई दिँदैन। आफ्नो खराब मुडलाई साक्षी राखेर अन्डरवेयर शीर्षकमा एउटा कविता कोरिहाल्छ :

‘एकदिन अन्डरवेयरले भन्यो
ए महामानवहरू !
तिमीहरू मलाई गलत ठाउँमा प्रयोग गर्दै छौ
तिमीहरूको मस्तिष्क अत्यधिक नग्न छ
त्यहाँ लगेर मलाई लगाइदेऊ !’

०००

नर्क सम्राट्ले आफ्नो औंलालाई अझै बंग्याउने निर्णय गर्छ। काव्याका लागि जसरी पनि किताब प्रकाशन गर्नु जो छ, उसलाई। नर्कले आफ्नो एकाउन्टबाट त्यहीँ सम्पादकलाई म्यासेज गर्छ।

नर्क सम्राट्– ‘मेरो अन्डरवेयर शीर्षकमा एउटा सिंगो कविताको पाण्डुलिपि तयार भएको छ। जसमा सबै कविता अन्डरवेयर शीर्षकमा हुनेछ। यो नौलो प्रयोग हो। यसमा तपाईंको प्रकाशन गृहको सहयोगको खाँचो छ।’

म्यासेज पठाएको ६ घण्टा भइसकेको छ। म्यासेज सिन हुन्न। नर्क सम्राट्ले कायाको छाया एकाउन्ट लग इन गर्छ। त्यहीँ प्रकाशकको म्यासेज आएको हुन्छ एक घन्टा पहिले। जसमा लेखिएको छ– ‘तपाईंले मेरो म्यासेजको रिप्लाई नदिएर मलाई झन् तडपाउँदै हुनुहुन्छ। जुन दिन हजुरको अधर पान गर्नेछु। त्यहीँ दिन मात्र म निदाउन सक्नेछु।’

नर्क सम्राट्ले यो मेसेज पनि स्क्रिनसट गर्छ। फेरि आफ्नो फेसबुक आईडी लग इन् गर्छ। प्रकाशकलाई पुन: मेसेज गर्छ। ‘प्रकाशकज्यू कुरा गम्भीर छ। तपाईंले मेरो कविता संग्रह प्रकाशन गर्ने कि म तपाईंको चर्तिकला आफ्नो वालमा सार्वजनिक गरुँ ?’

प्रकाशकको रिप्लाई आउँछ, ‘मेरो के चर्तिकला ? तपाईंको तोर्पे कविता छापिन्न।’

नर्क सम्राट्ले कायाको छायासँग यौन प्रस्ताव राखेको त्यो म्यासेजको स्क्रिनसट तुरुन्तै सम्पादकलाई पठायो, ‘लौ हेर्नुहोस् तपाईंको चर्तिकला। महिलाको उपन्यास छाप्न तपाईंसँग सुत्नुपर्ने ? सार्वजनिक गरुँ।’

सम्पादक कायासँगको संवादको स्क्रिनसट देखेर डरायो, हड्बडायो। गुराँस फुलेको वनझैं रातो मुख बनाउँदै रिप्लाई गर्‍यो, ‘कृपया यो कुरा सार्वजनिक नगर्नुहोस्। म तापाईंको कविता संग्रह यथाशीघ्र छपाउने काम गरिदिन्छु तर तपाईंले मेरो विश्वासलाई घात गर्न पाउनु हुने छैन।’

नर्क सम्राट्– ‘बल्ल लाइनमा आउनु भयो महोदय ! म पाण्डुलिपि पठाउँछु। मेरी छोरी काव्याको जन्मदिन आउने महिनामा पर्छ। सोही दिन विमोचन गर्न सकियोस्।’

नर्क सम्राट्ले पाण्डुलिपि बुझायो। किताब छापियो। विमोचन उसकी छोरीको जन्मदिन भदौ २१ मा हुने तय भयो। 
०००

भदौ, २१ 

प्रतिष्ठित प्रकाशन गृह भएकाले विमोचनमा देशका गन्नेमान्ने व्यक्तिहरूको उपस्थिति छ। नर्क सम्राट् मञ्चमा चढेर आफ्नो मन्तव्य सुरु गर्छ।

‘यहाँ उपस्थित सम्पूर्णमा साहित्यिक अभिवादन ! आज मेरी छोरीले बाउ जन्माएको दिन !’

हलको अघिल्लो लाइनमा दिव्याञ्जली र काव्या प्रफुल्ल मुद्रामा नर्क सम्राट् भएतिर हेर्छन्।

नर्क सम्राट्को सम्बोधन चल्दै छ, ‘मेरो कविता संग्रहको नाम अन्डरवेयर। पक्कै पनि तपाईंहरू सबैले आ–आफ्नो अन्डरवेयर लगाएरै आउनु भएको होला। नलगाएको भए पनि यो कुरा तपाईंलाई बाहेक कसैलाई थाहा हुने छैन। सुर्ता मान्नु पर्दैन।’

हलमा उपस्थित सबैजना गललल्ल हाँस्छन्।

नर्क सम्राट् सबैलाई मज्जाले हाँस्ने समय दिएर फेरि समबोधनतर्फ लाग्छ, 

‘अन्डरवेयरको काम हाम्रो लाज छोप्ने हो। हामी आफ्नो मानसिकता र दृष्टिकोणबाट नांगिएका छौं। हामीले हाम्रो सोचलाई अन्डरवेयर किन नलगाइदिने ? आज म यो कार्यक्रमबाट आफू पनि नांगिन्छु र केही म जस्तै अरूलाई पनि नंग्याउँछु।

नर्क सम्राट् आज आत्मालोचना गर्न चाहन्छ। कसरी उसले आफ्नो कविताकृति छपायो सबै कुराको व्याख्या गर्न चाहन्छ। पापको भारी जिन्दगीभर बोकेर हिँड्न चाहँदैन। आफ्नो पाप थोरै मात्र भए पनि पखाल्न चाहन्छ।

नर्क सम्राट्ले आफ्नी श्रीमतीको फोटो प्रयोग गरेर बनाएको फेसबुक आईडीदेखि प्रकाशकलाई ब्ल्याक मेल गरेर आफ्नो संग्रह निकालेको सबै कथा सभामा जस्ताको त्यस्तै सुनाउँछ।

सभामा हल्लीखल्ली मच्चिन्छ। प्रकाशकको अनुहार चाउरी परेको भान्टा जस्तो हुन्छ। यही तातेको माहोलमा एउटा कवितामार्फत आफ्नी श्रीमती र छोरीसँग क्षमादान माग्दै नर्क सम्राट् बिदा माग्छ।

‘एकदिन
सार्वजनिक ठाउँमा 
मैले उसको अन्डरवेयर तान्दिएँ
ऊ भन्दा म नांगो भएँ !’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.