कृषि विश्व विद्यालयले अन्तर्राष्ट्रिय भैंसी सम्मेलन गर्दै

कृषि विश्व विद्यालयले अन्तर्राष्ट्रिय भैंसी सम्मेलन गर्दै

चितवन : चितवनमा भैंसी सम्मेलन गर्न लागिएको छ। भैंसी पालनको विकास र सबलिकरणका लागि कृषि तथा वन विश्व विद्यालय रामपुरमा एसियन बफेलो कङ्रेस गर्न लागिएको हो। कार्तिक ८ गतेबाट १२ गतेसम्म भर्चुअल सम्मेलन गर्न लागिएको विश्व विद्यालयले जानकारी दिएको छ।

अन्तर्राष्ट्रियस्तरमा दशौं पटक मनाउन लागिएको सम्मेलन नेपालमा भने पहिलो पटक मनाउन लागिएको हो। यसअघि २०१७ मा विश्व विद्यालयले स्थानीय रुपमा भैंसी सम्मेलन गरेको थियो। भैंसी पशुपालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण र उपयोगिताको विषयमा वैज्ञानिक , अनुसन्धान र प्रसार प्रविधिले भैंसी उत्पादनमा गरिने अनुसन्धानका लागि सम्मेलन केन्द्रित हुने छ। पत्रकार सम्मेलन गरेर भैंसी सम्मेलनको बारेमा जानकारी गराइएको थियो। 

नेपाल, भारत, चाइना, श्रीलंका, पाकिस्तानले आफ्नो देशमा भएको अनुसन्धान , उत्पादनको अवस्था जानकारी गराउने छन।  सन २०१८ मा भारतमा भएको सभैसीको अनुसन्धानमा केन्द्रित सम्मेलनमा १७ देशका ३५० बैज्ञानिक सहित चार सय पचास जना विज्ञ, प्राध्यापक, कृषक , विद्यालय  सहभागी हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भुमिनन्द देवकोटाले बताए। कोभिडका कारण प्रत्यक्ष गर्न नमिलेको कारण भर्चुअल माध्यमबाट गर्न लागिएको उनले बताए। 'यो सम्मेलनले भैंसी उत्पादनमा कोषेढुङ्गा स्थापित हुन्छ' उनले भने, 'सम्मेलनले भैंसीले उत्पादनमा नया खोज ल्याउने छ।'

कृषि तथा वन विश्व विद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले अहिलेको अनुसन्धान र प्रविधिको उद्घोष नेपालबाट गर्ने कुरा उपलब्धिमुलक हुने बताए। 'भैंसीलाई कालो सुनको रुपमा लिइन्छ' उनले भने, 'सबै उपयोगिताका लागि भैंसी शक्तिशाली छ। सम्मेलनले  नेपालको लागि पनि निकै महत्त्वपूर्ण परिणाम आउने छ।' कृषि अनुसन्धान र एसिया भैसिको लागि महत्त्वपूर्ण मानिन्छ। भैंसीको कुल सख्याको ९० प्रतिशत भन्दा बढी उत्पादन एसियामा हुन्छ। नेपालमा भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न नेपालले प्रस्ताव पत्र प्रस्तुत गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.