प्रदेश २ का आठवटै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत

प्रदेश २ का आठवटै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत

ढल्केवर : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन् । ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राउतले प्रदेशको भू–बनोट, विद्युतीय सुविधा र उत्पादित सामानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वरभूमि भएको प्रष्ट पारे।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए। उनले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीलाई आग्रह गर्दै अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री राउतले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ उद्योग स्थापना गर्न आग्रह गर्दै प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गरे। 

मुलुकको आर्थिक समृद्धि एव रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद् रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट हुनसक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले हाल नेपालमा केही मोटरसाइकल एसम्बलिङ उद्योगले उत्पादन गरिरहेको जानकारी दिए। साथै अध्यक्ष दुलालले  नेपालमा खपतको आधा लुब्रिकेण्टस (मोबिल) नेपालमै उत्पादन भइरहेको जानकारी दिँदै सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राखे ।

मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले पछिल्लो समय यातायात क्षेत्रको विकास तीव्रगतिमा भइरहेको जनाउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताए। प्रदेश नं २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साहले बताए । 

जानकी अटोमोबाइल्समा पुनः साह

जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण साह निर्वाचित हुएका छन् । साह यस अघि तदर्थ समितिको अध्यक्ष थिए। आज आयोजित प्रथम साधारणसभाले साहको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा केदार अग्रवाल, महासचिवमा किशोर भट्टराई, कोषाध्यक्षमा सञ्जितराज श्रेष्ठ र सचिवमा सुनिलकुमार सिंह चयन भएका छन्।

सदस्यमा बजरङ्ग यादव, सुरेन्द्र साह, प्रदीप साह र चन्द्रशेखर अग्रवाल रहेका छन् । निर्वाचित भइसकेपछि प्रदेश नं २ को अटोमोबाइल क्षेत्रको विकास तथा व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने नवनिर्वाचित अध्यक्ष साहले प्रतिबद्धता व्यक्त जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.