बाढीपीडितलाई प्रधानमन्त्रीको ढाडस : विदेशीसँग मागेर भएपनि राहत दिन्छु

बाढीपीडितलाई प्रधानमन्त्रीको ढाडस : विदेशीसँग मागेर भएपनि राहत दिन्छु

इटहरी : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीसँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने बताएका छन् । इटहरीस्थित सशस्त्र प्रहरी बलको परिसरमा आइतबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उपलब्ध स्रोत साधन कम भए विदेशीसँग मागेर भएपनि राहत प्याकेज उपलब्ध गराउने बताएका हुन् ।

प्रदेश १ मा बाढीपहिरोबाट प्रभावितहरुको अवस्था बुझ्न प्रदेश १ मा आएका देउवाले आफू काठमाडौं फर्किनासाथ बाढीपीडितका लागि केही न केही काम गर्ने बताए । हेलिकोप्टरबाट इटहरी आइपुगेका देउवासँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुषालसमेत सहभागी छन् ।

कार्यक्रममा कोसी गाउँपालिका, धरान उपमहानगरपालिका र दुहबी नगरपालिकाले बाढी तथा डुबानबाट क्षति भएको भन्दै राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.