बाढीप्रहिरो प्रभावितका लागि सरकारले विशेष प्‍याकेज ल्याउँछ: प्रधानमन्त्री देउवा

बाढीप्रहिरो प्रभावितका लागि सरकारले विशेष प्‍याकेज ल्याउँछ: प्रधानमन्त्री देउवा

फिदिम : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । पाँचथर र इलामको बाढीप्रहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ स्थित जलसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडितई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर एकमा सबैभन्दा धेरै क्षति पाँचथरमा भएको भन्दै देउवाले तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पीडितहरुको दीर्घकालिन व्यवस्थापनका लागि विषेशष कार्यक्रम ल्याउने बताएका हुन् ।  ‘सरकारले यसअघि नै आपतकालिन राहतका कार्यक्रमहरु ल्याएको छ,' पीडितहरुलाई सम्बोधन गर्दै देउवाले भने,'त्यो आपतकालिन कार्यक्रम हो । अब सरकारले पीडितहरुको उचित व्यवस्थापनका लागि दीर्घकालिन कार्यक्रम ल्याउँछ।’

पाँचथरमा बाढिपहिरोबाट मृत्यु हनेको संख्या ३० पुगेको छ । देउवाले मोरङ, सुनसारीहुँदै पाँचथर र इलामको पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् । इलामको फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली गाउँपालिकासहित पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाँउपालिकाको निरीक्षण गरेका हुन् ।  

मिक्लाजुङ गाउँपालिकाको चिसापानीमा केही समय देउवाले पहिरो पीडितहरुको गुनासो सुनेका थिए। चिसापानीबाट हेलिकोप्टरबाट फाल्गुनन्द ३ मा अवतरण गरेका देउवाले पीडितहरुलाई सम्बोधन गरेका हुन् ।

उक्त कार्यक्रममा पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीले दुई जिल्लाको पहिरो प्रभावितको रिपोर्ट प्रधानमन्त्री देउवालाई बुझाएका थिए । निरीक्षणका लागि देउवासँग सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.