‘अर्ली इलेक्सन’ परिस्थितिजन्य निर्णय : मन्त्री खड्का

‘अर्ली इलेक्सन’ परिस्थितिजन्य निर्णय : मन्त्री खड्का

उदयपुर : परराष्ट्र मन्त्री डा. नारायण खड्काले अर्ली इलेक्सनबारे परिस्थितिजन्य निर्णय हुने बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आइपुगेका खड्काले उदरयपुरमा पत्रकार भेटघाटमा राजनीति सबै सम्वाहकको खेल भएकाले सोही अनुसार निर्णय हुने धारणा राखेका हुन्। 

‘पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विगठन गर्दा हामीले संसद् पूरै कार्यकाल रहनुपर्छ भनेका हौँ', मन्त्री खड्काले भने, ‘गठबन्धन सरकारको चाहाना पूरै कार्यकाल संसद रहने नै हो तर बीचको राजनीतिक परिवेशले धेरै कुराको निर्धारण गर्दछ।'

मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्रै पारित हुने बताए। उनले भने, ‘सरकारले चाहेर मात्रै एमसीसी पास हुँदैन, बहुमत संसदले पारित गर्नुपर्छ त्यसैले अहिले अध्ययन र छलफलमै छ, त्यसपछि मात्र के गर्ने भन्ने निर्णयमा पुग्छौ।'

उनले केहि मिडियाले कुरा बङ्याएर परराष्ट्र मन्त्रीले बोलेको भन्दै  विवादस्पद भनाई राखेकोप्रति आपत्ति जनाउँदै आफ्ना अभिव्यक्तिहरु कुनै विवादस्पद नरहेको र राष्ट्रको हितमा रहेको स्पष्ट पारे। 
आफू नियुक्त भएको एक महिनामा संयुक्त राष्ट्रसंघका ७६ औँ माहासभामा भाग लिने, असलंग्न राष्ट्रको सभामा सहभागि, छिमेकी मुलुकसँगको सम्बन्धमा विस्तार लगायतका परराष्ट्र सम्बन्धि थुप्रै उपलब्धि हासिल गरेको बताउँदै उनले वर्तमान सरकार यतिबेला मुख्यतः तीन वटा विषयलाई केन्द्रित रहेर अघि बढेको स्पष्ट पारे। 
उनले भने, ‘अहिलेको प्राथमिकता सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएर जीवन सुरक्षा गर्ने, थिलथिलो बनेको आर्थिक नीति र उद्योग कलकारखानालाई राहत कार्यक्रम ल्याउने र चलिरहेका ठूला योजनालाई समयमा नै सम्पन्न गर्ने हो। '

उदयपुर क्षेत्रनम्बर १ का सांसदसमेत रहेका मन्त्री खड्काले उदयपुरको विकासका लागि थुप्रै कार्यक्रम अघि सारेको बताए। उनले ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको त्रियुगा नदी नियन्त्रणका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालादेखि नै समन्वय गरी तीन वर्षमा सम्पन्न गर्ने गरी ८ अर्ब  रुपैँया बजेट विनियोजन गरिएको र त्यसमध्ये यो वर्ष २ अर्ब अर्थमन्त्रालयबाट स्वीकृत गरी टेण्डर खोल्ने तयारी भएको बताए।

उनले तीन वर्ष लगाएर सगरमाथा विमानस्थलको वातावरणिय प्रभाव मुल्यांकन (इआइए)को काम सम्पन भएकाले चाँडै उक्त जग्गा नागरिक उड्यन मन्त्रालयको नाममा नामसारी गरी काम अघि बढाउने तयारी भएको बताए। नेपाली कांगेसका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री खड्काले पार्टीको महाधिवेशनका लागि केहि ठाउँमा विवाद देखिएकाले समयमा नै निकास निकाली महाधिवेशन गरिने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.