कानुन हातमा लिएर मधेशमा जनता भड्काउँदै सिके राउत

कानुन हातमा लिएर मधेशमा जनता भड्काउँदै सिके राउत

काठमाडौं : ‘पाँच सय/हजारमा हामी भोट बेच्छौं, हामीले भोट बिक्री गरेका होइनौं, आफ्नो भविष्य बेचेका हुन्छौं । त्यसैले हामी बारम्बार धोका खाइरहेका छौं,'जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मञ्चबाट बोले,‘बालबच्चको टाउकोमा हात राखेर कसम खानुस् कि आउने चुनावमा लाउडस्पिकर छापमै मोहर मार्छौ। जनमत पार्टीलाई नै जिताउछौं।’ 

सहभागीले पर्र ताली पिटे । मधेशमा मधेशी जनताको ‘राज’ नआएको भन्दै उनले थपें,‘नेता राज, ठेकेदार राज, गुण्डा राजलाई हटाएर हामी तपाईंहरुको राज ल्याउन चाहान्छौं। कसमै खाइहाल्नुस्, आउँदो निर्वाचनमा जनमत पार्टीलाई जिताछौं ।’ 

शनिबार महोत्तरीको बर्दिबासस्थित किसान नगरमा उनले पार्टीको आमसभालाई सम्बोधन गर्दै यसो भने। आउँदो निर्वाचनका लागि भोट मागे। छोरोको टाउकोमा हात राखेर कसम खानुलाई मधेशमा अशुभ मानिन्छ। तर, उनले सत्तामा पुग्न मधेशीको भावनासँग खेलवाड गर्न भ्याए। 

‘जुनदिन जनमत पार्टी सत्तामा आउँछ त्यो दिन जनताको घरघरमा एउटा सिमकार्ड दिन्छौं, हामी केही गर्नुभन्दा पहिला जनतालाई सोध्छौं, 'उनले ढाडस दिँदै भने,‘मोबाइलबाट जनताको अभिमत लिन्छौं । के काम गर्ने, न गर्ने जनताले निरधारण गर्छ, नेता र ठेकेदारले होइन् ।’ यसैलाई जनता राज भनिएको स्पष्ट उनले जिक्किर गरे ।

भ्रष्टाचार हटाएर जनता राज ल्याउनु आफ्नो पार्टीको मुल एजेण्डा रहेको डा. राउतले खुलाए । कस्तो हुन्छ जनता राज ? त्यसको  उदाहरण उनका कार्यकर्ताले बिहीबार जनकपुरधाममा पेश गरिसकेका छन् । कानुन हातमा लिँदै जनकपुरधाममा एक सरकारी अधिकारीमाथि भ्रष्टाचार गरेको आरोपमा ‘जनकारबाही’ गरे । 

उनका कार्यकर्ताले अराजक बन्दै खानेपानी तथा ढल निकास कार्यालयमा पसेर तोडफोड गरे । बाँसको भाटा बोकेका उनीहरुले निमित्त कार्यालय प्रमुख राजेश्वर कुशवाहामाथि कुटपीट गरे । भ्रष्टाचारी भन्दै कार्यकक्षबाट थुतेर लुगा च्यातिदिए । कालोमोसो दले । नगर परिक्रमा गराए ।

विधिको शासनलाई लत्याउँदै उनका कार्यकर्ताले इन्जिनियर कुशवाहाको हुर्मत लिए । जनमत पार्टीका उद्दण्ड १७ जना कार्यकर्तालाई पक्रेर प्रहरीले मुद्दा चलाएको छ । अमानवीय घटनाको चौतर्फी विरोध भइरहेको छ । डा. राउत बस्ने जनकपुरकको बलवा टोलमा ढल निकास थुनेको आरोपमा कुशवाहाउपर जनकारवाही गरियो ।

जनतालाई दुःख दिने सार्वजनिक पदमा रहेका मेयर, उपमेयर, सांसद्, मन्त्रीलाई जनकारबाही गर्ने डा. राउतको पार्टी सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । अहिले जनकपुरको सबै सरकारी कार्यालयमा सुरक्षार्थ प्रहरी टोली खटाइएको छ ।

‘हामीले मात्रै मधेशलाई समृद्ध बनाउन सक्छौं । युवालाई रोजगारी दिन्छौं,'डा. राउतले बर्दिबासको सभामा ठोकुवा गर्दै भने,'जनमत पार्टीले मात्रै विभेद हटाउन सक्छ । समाजिक न्याय दिन्छौं ।’ 

भ्रष्टाचार नियन्त्रण र १० लाख युवालाई रोजगारी दिने आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गरे । ‘हामी समाजिक समाजवाद र प्रत्यक्ष लोकतान्त्रिक पद्धतिको निर्माण गर्न चाहन्छौं । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलाई व्यवस्थित बनाउँछौं, 'उनले भने,‘हामी सत्ता पुग्यौं भने,' वडा-वडामा भोकाका लागि मेयसको व्यवस्था गर्छौं ।’

नेताहरुले १० करोडको भ्रष्टाचार गर्छ, ढेड करोडको गाडीमा चढ्छन् तर, जनताको सेवा नगरेको उनले आरोप लगाए । मधेशको नोकरी मधेशीलाई पाउनु पर्ने आफ्नो एजेण्डा रहेको सार्वजनिक गरे ।‘मधेशमा उद्योग खुल्यो भने भारतीय र पहाडकाले रोजगारी पाउँछ। ‘८० प्रतिशत मधेशीले रोजगारी पाउनु दिनु पर्छ,'उनले अघि थपे। 

अर्को प्रशंगमा उनले प्रचण्डजीले ६० अर्ब बढी पैंसा कमाएर दुबईको होटलमा लगानी गरेको दावी गरे । ‘मधेशीले माओवादीका प्रचण्डा जितायो । के बुहारीलाई मन्त्री बनाउन उनलाई जिताइएको थियो । माओवादीको राज (सत्ता) मा आएको १४-१५ वर्ष भयो । माओवादीले के गर्‍यो ?’ जसले उसका लागि लड्यो उनीहरु दुबइ कतारमा गएर मरिरहेका उनले उल्लेख गरे ।

खलतीमा औषधी निकाल्दै भने डा. राउतले भने,‘यो दवाईको म्याद गुज्रियो भने,' दवाइले काम गर्छ ? यो दवाइ खाइयो भने उल्टै हानी गर्छ । पुरानो सबै पार्टी (कांग्रेस, एमाले, माओवादी, जसपा) सबै डेट एक्सपायर भएको पार्टी हो ।’

अरुलाई हामीले बारबार देख्यौं, यसको कुनै प्रभाव छैन । त्यसैले अगामी हुने चुनावमा जनमत पार्टी नयाँ टेबलेट (दवाइ) निकालेको बताए । ‘जुन बारबार टेस्ट भएर आएको छ । यहि टेबलेट खानुपर्छ। लाउडस्पिकर(हर्न) छापमै मोहर लाउनुपर्छ,'उनले भने, ‘मधेशको इलाज (उपचार) जनमत पार्टीले मात्रै गर्न सक्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.