फिदिम बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

फिदिम बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

पाँचथर : पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भइ उपचारका लागि अस्पताल ल्याइएका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जसमध्ये तीनजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको भने पहिचान हुन सकेको छैन। दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

अन्य घाइतेहरुलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेक को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा  दुर्घटनामा परेको हो । 

अर्को सवारीलाई उछिन्ने क्रममा बस सडकबाट करीब २० मिटर तल सडकमै झरेको थियो । दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोकबाट ट्याक्सीमा निवुखोलासम्म आएका थिए । पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरु बसमा चढेका थिए । तर बस केही किलोमिटर पार नगर्दै दुर्घटनामा परेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.