सुडान सेनाले सत्ता कब्जा गरेपछि भएको आन्दोलनमा कम्तिमा ३ को मृत्यु, ८० घाइते

सुडान सेनाले सत्ता कब्जा गरेपछि भएको आन्दोलनमा कम्तिमा ३ को मृत्यु, ८० घाइते

खार्टोम : सडानको सेनाले सत्ता कब्जा गरेपछि भएको आन्दोलनमा कम्तिमा तीन जना आन्दोलनकारी मारिएको छ। बीबीसीका अनुसार अन्य ८० जना घाइते भएका छन्।

सोमबार सेनाले प्रधानमन्त्रीसहितका नेतालाई पक्राउ गरी सत्ता हातमा लिएसँगै त्यसको विरोधमा सडक आन्दोलन सुरु भएको हो।

सेनाले अहिले राजधानी खार्टोमका हरेक घरमा गएर आन्दोलनकारीलाई समाइरहेको समाचारमा उल्लेख छ। 

सुडानमा संकट चुलिँदै गएपछि विपक्षीले त्यहाँको सत्ता सैनिकले हात लिनुपर्ने माग गर्दै शनिबार राष्ट्रपति कार्यालय अघि प्रदर्शन गरेका थिए। प्रजातन्त्रलाई सुदृढ गर्न केही समयका लागि सेना सत्ता कब्जा गर्नुपर्ने उनीहरूले माग गरेसँगै सत्ता साझेदारी गरिरहेको सेनाले पूरै सत्ता कब्जा गरेको हो।

सन् २०१९ मा राष्ट्रपति ओमार अल बशिरको सत्ता ढलेदेखि सैनिक र नागरिकले सत्तामा सहकार्य गर्दै आइरहेका थिए। यद्यपि सेप्टेम्बरमा बशिरका समर्थकद्वारा सत्ता कब्जाको प्रयास विफल भएदेखि तनाव झन बढेको थियो। सो घटनापछि सैनिक नेताहरूले सत्ता सहकार्यमा परिमार्जन गर्नुपर्ने बताउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.