प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल भएको छैन : प्रचण्ड

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल भएको छैन : प्रचण्ड

चितवन : नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाबाट पुनअलग भएर पुरानै दलमा फर्किएको एउटा घटक नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै गृहजिल्लामा महाधिवेशनको तयारी गरिरहँदा दाहालले आफूलाई विजयी गराउने अभियानको सुरुवात गरेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले आफूलाई महत्व दिएर चितवनमा महाधिवेशन गरेको बताएका छन्। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले आफूमाथी केन्द्रीत गरेर एमालेले चितवनमा महाधिवेशन गरेको बताउँदै त्यसले देशको राजनितिमा प्रचण्डको भूमिका तथा महत्व के रहेछ भन्ने कुराको पुष्टि गरेको दावी गरे। 

'उहाँहरुले यहाँ महाधिवेशन गरेर मलाई विजयी गराउने सुरुवात गर्नुभयो भन्ने लागेको छ’,दाहालले भने,‘एमालेले मलाई कति महत्व दिँदोरहेछ भन्ने कुरा अब चितवनका जनताले राम्रै बुझ्ने भएनी?’, उनले एमालेको महाधिवेशनले आफूलाई फाईदा पुग्ने बताए। 

‘एमालेले बुटवलमा गर्ने भनेको महाधिवेशन अन्तिम समयमा प्रचण्डकै जिल्लामा जानुपर्छ भनेर निर्णय गर्नु हाम्रो लागी खुसीकै कुरा हो’,उनले भने,‘प्रचण्डमाथी केन्द्रीत गरे महाधिवेशन गर्नु फाईदाजनक भएन र?’ उनले माओवादी केन्द्रले पनि चितवनमै महाधिवेशन गर्ने बताए। ‘एमालेले पनि यही महाधिवेशन गरेपछी म पनि यही आउन परेन त?’, उनले भने, ‘पार्टीमा चुनाव लड्ने यो अन्तिम हुन सक्छ।’

आफन्तलाई कोटामा मन्त्री नियुक्तिको भागवण्डा गरेको आरोप लागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विवादमा तानिएपछि यस विषयमा केहीदिनभित्र सत्तागठबन्धनका दलले धारणा तय बनाउने बताए। न्यायलयमा देखिएको विवाद एक दुई दिनभित्रमा उचित निष्कर्षमा पुग्ने बताएका छन्। राज्यका प्रमुख अंग न्यायपालिका, कार्यकालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्नुपर्ने बताएका छन्।‘

प्रधानन्यायाधीश जबरालाई तत्काल महाभियोग लगाउने विषयमा गठबन्धनबीच छलफल नभएको बताएका छन्। ‘पछिल्लो समय न्यायलयमा देखिएको विवादको विषयमा हिजो मात्रै गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं। तर पाँचवटै पार्टी जुटेर यो छलफलमा गर्ने भन्ने कुरा भएको छ,’ प्रचण्डले भने,‘महाभियोगको त हामीले चर्चा नै गरेको छैन। यसमा प्रसंग नै आएको छैन।’ 

चैतमा निर्वाचन गर्ने कुरामा संविधान र निर्वाचनको ऐनमा विवाद भएकोले त्यस विषयमा निर्वाचन आयोगसँग शीर्ष नेतृत्वको छलफलले टुङ्गाउने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.