सुडानका अपदस्थ प्रधानमन्त्री नजरबन्दबाट मुक्त

सुडानका अपदस्थ प्रधानमन्त्री नजरबन्दबाट मुक्त

खार्तुम : सुडानका अपदस्थ प्रधानमन्त्री अबदल्लाह हमडोक नजरबन्दबाट मुक्त भएका छन् । उनलाई सेनाले मंगलबार कडा सुरक्षाका साथ नजरमुक्त गरेको हो । सुडान सेना सैन्य 'कू' लागू गर्दै सोमबार बिहानै सत्ता कब्जामा लिएको घोषणा गरेको थियो । सो घोषणासँगै प्रधानमन्त्री अबदल्लाहसहित मन्त्रिपरिषद्का सबै सदस्यलाई पक्राउपछि नजरबन्दमा राखेको थियो । 

हमडोक नजरबन्दमा परेपछि अन्तर्राष्ट्रिय समुदायले सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानको निन्दा गरेका थिए । अन्र्राष्ट्रिय समुदायको निन्दापछि सेनाले अपदस्थ प्रधानमन्त्री र उनकी श्रीमतीलाई कडा सुरक्षाबीच घर फर्काइएको बताइएको छ । 

उनलाई सेनाले घरमै निगरानीमा राखिने बताइएको छ । सैन्य शासनविरुद्ध उत्रिएका जनतालाई सेनाले पक्राउ गरेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.