बाढीले रामग्राममा ८ करोडको भौतिक संरचनामा क्षति

बाढीले रामग्राममा ८ करोडको भौतिक संरचनामा क्षति

परासी : गत भदौ ११ गते आएको बाढीका कारण पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा ८ करोड बढीको भौतिक संरचनामा क्षति पुगेको छ। पूर्ण र आंशिक रुपमा क्षति पुगेका संरचनामा पक्की र कच्ची घर तथा गोठ छन्। 

पूर्ण रुपमा क्षति पुगेका संरचना २५ वटा छन्। ४ वटामा आंशिक क्षति पुगेका छ। नगरपालिकाको निर्णयअनुसार पूर्ण रुपमा क्षति पुगेका संरचनालाई २५ हजार, आंशिक क्षति पुगेकालाई १० हजार र गोठको क्षतिलाई ५ हजार राहत उपलब्ध गराइने छ। 

बाढीले सबैभन्दा बढी वडा नं. १७ मा १ करोड २८ लाख, वडा नं ९ मा ९८ लाखको क्षति पुगेको छ। सबैभन्दा कम भौतिक संरचनामा क्षति पुगेका वडाहरुमा वडा नं. १० मा २ लाख ७८ हजार र वडा नं. ५ मा ३ लाख ४३ हजार रहेको छ। अन्य वडाहरुमा १५ देखि ७४ लाख गरी कुल ८ करोड ३१ लाख रुपैयाँको क्षति पुगेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए। 

संकलन गरिएको क्षतिको सबै विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको नगरपालिकाले जनाएको छ। क्षतिको विवरण संकलन भए पनि अधिकांश प्रहरी मुचुल्का बिना रहेकाले राहतका लागि अनिवार्य प्रहरी मुचुल्का पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ। यसैबीच बैठकले झरही र रावन खोलालाई सफा गर्ने निर्णय समेत गरेको छ। 

त्यसैगरी असोजको अन्तिम सातादेखि परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको विवरण संकलन गर्न लागिएको नगर प्रमुख गुप्ताले जानकारी दिए। वर्षाबाट धानबालीमा क्षति पुगेका किसानहरुको राहतका लागि गहुँमा अनुदान दिने नगरपालिकाले जनाएको छ। त्यसका लागि ३६ लाख बराबरको ५१ टन गहुँको बिउ खरिद गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले जानकारी दिए। कात्तिकको अन्तिम सातादेखि वितरण गरिने गहुँको बिउमा ५० प्रतिशत रकम किसानले व्यहोर्नु पर्ने नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.