कालीगण्डकी नदीमा डुबेर एक वेपत्ता
गुल्मी : कालीगण्डकी नदीमा डुबेर गुल्मीका एक जना युवा वेपत्ता भएको प्रहरीले जनाएको छ। चन्द्रकोट गाउँपालिका-८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
प्रहरीका अनुसार पौडेल चन्द्रकोट गाउँपालिका-७ का ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भई दाहासंस्कारका लागि सत्यवतीको रुद्रावेनीघाटमा आएका थिए। उक्त स्थानको कालीगण्डकी नदीमा नुहाउने क्रममा पौडेल वेपत्ता भएको प्रहरीको भनाइ छ।
वेपत्ता भएका पौडेलको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।