हामीले चाह्यौं भने एक सातामा सरकार ढल्छ : ओली

हामीले चाह्यौं भने एक सातामा सरकार ढल्छ : ओली

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ ढले कोही अचम्ति हुन नपर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको सरकार गन्तब्यविहीन हुँदै अल्मलिएको आरोप उनले लगाए। 

गठबन्धनका पाँच दल पाँचतिर फर्केको टिप्पणी गर्दै उनले भागवण्डा गर्नका लागि मिलेको आरोप उल्लेख गरे। आफूहरुले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै अहिले पार्टीलाई एक्लै बहुमत ल्याउन आफूहरु निर्वाचनको तयारीमा लागेको बताए। नेकपा एमाले भरतपुर महानगरको पहिलो नगरसभालाई सम्बोधन गर्दै उनले पाँचदलको गठबन्धनलाई चुनौती दिएका हुन्। 

अध्यक्ष ओलीले पाँच दलीय सरकारलाई लुत्तो लागेको कुकुरसँग तुलना गरेका छन्। ‘यो सरकार कहाँ जाने केही थाहा छैन। यी पञ्चमुखीहरु पाँचतिर फर्केका छन्। कता जाने थाहा छैन। यिनका मुखलाई खान आँउछ। यी खान पसेका छन् ’, उनले भने, ‘ यो सरकार आफैं ढल्यो भने कसैले अचम्म नमान्नु होला । यो सरकार लुतो लागेको कुकुरजस्तो हो। जति चल्छ उति खुइलिंदै जान्छ। ’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचनमा बोकेर धोका आएको बताए। अब त्यसबाट सतर्क रहने उनको भनाइ छ। ‘अघिल्लो चुनावमा म पनि दुई-दुई पल्ट आएर रामको जन्मभूमिमा ,बाल्मिकीको आश्रममा के ल्याएर काँधमा बोकेर प्रचार गरेछु। अहिले आफैं छक्क परेको छु ’, उनले भने, ‘काँग्रेसले छोरी बोकेर बढ्दै फूर्ति लायो। हामीले बाउ नै उठाइदियौं। तर अब हामीले त्यस्तो कुनै गल्ति गर्नुहुँदैन। ’ 

एमालेले एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दावी उनले गरे। उनले वर्तमान सरकार परमादेशाट बनेको भन्दै आफूहरु मूल ढोकाबाट सिंहदार प्रवेश गर्ने बताएका छन्। आउने निर्वाचनबाट एमाले एक्लैले बहुमत ल्याउने बताउँदै उनले जनताको अभिमतका साथ एमाले सत्तामा पुग्ने बताए। ‘हामी बत्ति निभाएर होइन, मतपत्र च्यातेर होइन, धाँधली गरेर होइन पवित्र मतले जित्ने स्थिति बनाउँछौं’, ओलीले भने, ‘हामी गल्लिगल्लिबाट होइन , राती-राती होइन घाम लागेको बेलामा पवित्र माध्यमबाट मूल ढोकाबाट सिंहदरवार छिर्छौं। ’ 

उनले सरकारको कार्यशैलीको तीव्र आलोचना गरे। पाँच दलीय गठबन्धन भाग खानका लागि भएको आरोप लगाए। पार्टी टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि उनले प्रहार गरे।  कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको पक्षमा लागेको भन्दै माधव नेपालको आलोचना गरे।‘टुक्रिएर एउटा चोइटो गयो। त्यसको नाम चाहीं एकीकृत समाजवादी रे। पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने नाम चाहीं एकीकृत समाजवादी रे ’, उनले व्यङ्ग्य गरे, ‘त्यस्ता मान्छेको पछाडि लागेर दुई चार जना लुरुलुरु के हिंडेका छन्। उनीहरु हराउन लड्छन् हामी जित्नको लागि लड्ने हो। ’
चुनावसम्म पाँचदलीय गठबन्धनको लागि एमाले उक्लै काफी रहेको दावी गरेका छन्। उनले बैशाखी नटेकेरै चिर्वाचन जित्ने बताए। 

पार्टीका बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले मूलढोकाबाट सिंहदरवार छिरेर सत्तामा स्थापित हुने बताए। पार्टीको अधिवेशनलाई  निर्वाचन केन्द्रीत अभियान चलाइको भन्दै पार्टीलाई जनादेशबाटै सत्ताको नेतृत्वमा पुर्‍याउने बताए। ‘परमादेशबाट हाम्रो पार्टीलाई सबै ठाउँमा अपदस्थ गरिएको छ। परमादेशबाट होइन सिंहदरबारको मूलढोकाबाट राजकीय सत्तामा स्थापित गर्छौं’, उनले भने, ‘सुक्ष्म तरिकाबाट लोकतान्त्रिक विधिबाट पार्टीलाई पूर्नस्थापित गर्ने हो निर्वाचनको तयारीको योजनाबाट स्थानीय , प्रदेश र केन्द्रमा पूर्नस्थापित गर्ने हो। ’ उनले वडाबाटै पार्टीको सुदृढीकरण थालेको बताए। अधिवेशनले पार्टी नेतृत्वको चयन मात्रै नगरी निर्वाचनको तयारी समेत गरेको बताए। उनले एमालेले मात्रै राजनैतिक स्थिरता कायम गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.