ओलीको प्रचण्डलाई कटाक्ष :  कुरुक्षेत्र बनाउने सपना नदेखे हुन्छ

ओलीको प्रचण्डलाई कटाक्ष :  कुरुक्षेत्र बनाउने सपना नदेखे हुन्छ

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुरुक्षेत्र बनाउने सपना नदेख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’लाई चेतावनी दिएका छन्। द्वन्द्वकालमा जस्तो ठानेर कुरुक्षेत्रको सपना देखेको भए आफैँ सकिएर जाने उनले बताए। 

इतिहासमा युद्ध चाहनेहरु सधैं पराजित भएको उदाहरण दिंदै उनले बैंसको सपना नदेख्न भने। दाहालकै निर्वाचन क्षेत्रमा पुगेर एमाले अध्यक्ष ओलीले रामको जन्मभूमि तोकेपछि प्रचण्ड अत्तालिएको उनको भनाइ छ। ‘कता जाने थाहा छैन। के गर्ने थाहा छैन। देशको लागि चिन्ता छैन अनि कुरुक्षेत्र चाहीं किन बनाउने रे ? उहिलेको बैंस सम्झेर अलिहे कुरुक्षेत्रको कुरा गरेर हुन्छ ? ’, ओलीले भने,  ‘एउटा बसमा बम पड्काइदिने सोचेर कुरुक्षेत्र बनाउने भनेको होला। अब कुरुक्षेत्र होइन धर्मक्षेत्र हुन्छ यहाँ। ’ 

ओलीले बिनातथ्य रामको जन्मभूमि माडीमा रहेको भन्दै आफ्नो राजनितिक अस्थित्व सक्न लागि परेको आरोप लगाएका थिए। त्यसो गरे आफ्नो निर्वाचन क्षेत्रमा राजनैतिक कुरुक्षेत्र हुने बातएका थिए। त्यसैको जवाफ दिंदै ओलीले कुरुक्षेत्र होइन विकासेको गतिले धर्मक्षेत्र हुने बताए। 

ओलीले साढे तीन वर्षअघि चुनावी सभामा सम्बोधन गर्दा प्रचण्डसँग मिलेर माडीलाई मणि बनाउने उद्घोष गरेका थिए। दाहालसँगको दुरी बढेपछि ओलीले चुनावको बेला आफूले जमानी बसेर जिताएको प्रचण्ड आफैँ फुत्किएको भन्दै विकास नभएको बताए। प्रचण्डको निर्वाचन क्षेत्रमा रहेको राम मन्दिरमा पुगेर अध्यक्ष ओलीले जिम्मा लिएको प्रचण्ड आफैँ फुत्किएको बताए। 

प्रचण्डको निर्वाचन क्षेत्रको विकासको जिम्मा आफूले लिने उनले बताए। ‘चुनावको बेला म आफैँ जमानी बसेर भोट मागेको उही फुत्किएपछि के गर्नु ’, ओलीले भने, ‘अब यस ठाउँको जिम्मा म आफैँ लिन्छु, अर्काको जिम्मामा छोड्दिनँ। ’ माडीमा राममन्दिर स्थापनाले प्रचण्ड आफ्नो राजनैतिक भविष्य धरापमा परेपछि अत्तालिएको आरोप लगाए। 

अबको निर्वाचनपछि एमालेको सरकार बन्ने दावी गर्दै त्यो सरकार कसैले ढाल्न नसक्ने उनको भनाइ छ। सबै मिलेर पनि तीन वर्ष लगाएर सरकार ढालेको बताउँदै उनले अब बन्ने एमालेको सरकार कसैले पनि ढाल्न नसक्ने बताए। चितवनको माडीमा रहेको राम मन्दिरमा पुगेर ओलीले अहिलेको सरकारबाट विकासको आश नगर्न आग्रह गरेका छन्। ‘अब सवा वर्ष विकासको आशा नगर्नुस् किनकि यो सरकार छ ’, उनले भने, ‘पहिला नौ महिनामा ढाले। अहिले सबै मिल्दा पनि साढे तीन वर्ष लाग्यो सरकार ढाल्न। अब बनेपछि ढाल्छु भन्ने कसैले नचिताए हुन्छ। ’

विकासको लागि माडीमा आएर जिम्मा लिँदा पनि काम गर्न नसकेको भन्दै अब आफैँले विकास गर्ने बताए। माडीलाई मणि बनाउने काम पूरा नभएको भन्दै उनले राम मन्दिरकै कारण विकास हुने दावी गरे। ‘विश्व कल्याणको लागि गरिएको काम बिथोल्न खोज्ने दानवलाई राम लक्ष्मणले ठेगान लगाएको शास्त्रमा प्रमाण छ ’, मन्दिर परिषरमा रहेको हनुमानको मूर्ति देखाउँदै भने, ‘रामभक्त हनुमानले जोड्ने मात्रै होइन गदा उठाएर हान्न सक्छन् पापीहरु होसियार भए हुन्छ।' 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.