साउदी अरबमा संसारकै पहिलो ‘उड्ने संग्राहलय’, अमेरिकामा दीपावलीको अवसरमा राष्ट्रिय विदा दिन माग

साउदी अरबमा संसारकै पहिलो ‘उड्ने संग्राहलय’, अमेरिकामा दीपावलीको अवसरमा राष्ट्रिय विदा दिन माग

अमेरिकी सांसाद्हरूले अमेरिकामा दीपावली पर्वका अवसरमा  विदा माग गर्ने भएका छन्। भारतीय र नेपाली मुलका मानिसको बाहुल्यता भएका राज्यमा राष्ट्रिय विदा दिन उहीहरूले माग गर्ने भएका हुन्। मंगलबार यो समाचार चर्चामा रह्यो। त्यस्तै चीनमा एक जना संक्रमित देखिँदा ३४ हजार मानिसको कोरोना परीक्षण गरिएको जनाइएको छ। भारतका निजी कम्पनीले साना हतियार उत्पादन गर्ने भएको समाचारले पनि चर्चा पाएको छ। प्रस्तुत छ, मंगलबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


चीनमा एक जनामा संक्रमण देखिँदा ३४ हजारको कोरोना परीक्षण

साङ्घाई : चीनमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३४ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ। साङ्घाई प्रान्तस्थित साङ्घाई डिज्निल्याण्डमा एक व्यक्तिमा संक्रमण देखिँदा ३४ हजारको परीक्षण गरिएको हो। 

एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा साङघाई डिज्निल्याण्डमा लकडाउन गरिएको बताइएको छ। सोमबार ती व्यक्तिमा संक्रमण देखिँदा सो क्षेत्र भ्रमणमा गएका सबैको कोरोना परीक्षण गरिएको बताइएको छ। 

चीनमा आयोजित विन्टर ओलम्पिक्सलाई लक्षित गरी शून्य संक्रमण देखाउन सो कदम अघि बढाइएको प्रान्तीय सरकारले जनाएको छ। कोरोना नियन्त्रणको लागि भन्दै चीन सरकारले अधिकांश आन्तरिक उडानसमेत रद्द गरेको छ। 

पछिल्लो समय चीनका १४ भन्दा बढी प्रान्तमा नयाँ संक्रमित भेटिएकोले अधिकांशमा प्रान्तमा लकडाउन समेत गरिएको छ। 
०००

भारतमा निजी क्षेत्रका कम्पनीले साना हतियार निर्माण गर्ने
बैंलोर : भारतीय हतियार कम्पनी एसएसएस डिफेन्सले साना हतियार उत्पादन र परीक्षणको जिम्मा निजी कम्पनीलाई दिने भएको छ। नयाँ सुविधा र सेवासहित भारतको बैङ्लुरुमा साना हतियार उत्पादन र परीक्षणको जिम्मा साना कम्पनीलाई दिने भएको हो। 

साना हतियार र परीक्षण कार्य भने सन् २०२२ जनवरीदेखि सुरु हुने भारतीय मिडियामा खबर छ। 

सम्पूर्ण सुविधासहित देशभित्रै हतियार विकास, निर्माण र परीक्षणको कार्य पहिलो पटक हुने भएको एसएसएस डिफेन्स कम्पनीका सीईओ विवेक कृष्णले बताएका छन्। ‘देशभित्रै साना हतियार उत्पादन गर्दा सेना, संसद र अरुको लागि सस्तो पर्छ। स्वदेशमै हतियार बनाएपछि हामी हतियार उत्पादनमा आत्मनिर्भर हुनेछौँ’ उनले भनेका छन्।  

स्वदेशमा बनेका हतियार परीक्षण र मूल्यांकनको लागि करिब १५० मिटर लामो सुरुङ खनिएको बताइएको छ। निजी कम्पनीले बर्सेनि करिब २० हजार राइफल, ३ हजार स्नाइपर र सोही मात्रामा पेस्तोल उत्पादन गर्ने लक्ष्य राखेको हिन्दुस्तान टाइम्समा खबर छ। 
०००

पाकिस्तानद्वारा एकै दिन ८ सय आन्दोलनकर्मी रिहा
लाहोर : पाकिस्तानको पञ्जाव सरकारले मंगलबार ८ सयभन्दा बढी आन्दोलनकर्मी रिहा गरेको छ। सरकार र तेहरिक आई लब्बैक पाकिस्तान (टिएलपी)बीच सम्झौता भएको भोलिपल्ट सो संख्यामा आन्दोलनकर्मी रिहा गरेको हो। 

पाकिस्तानको लाहोर र अन्य स्थानमा टिएलपी समर्थकले गरेको करिब दुई हप्ता लामो आन्दोलन र झडप भएको थियो। इस्लामिक पार्टी टिएलपीले गरेको सो आन्दोलनमा झडप हुँदा सात प्रहरीको मृत्यु भएको थियो। झडपपछि सरकारले करिब ८ सयभन्दा बढी आन्दोलनकर्मीलाई थुनामा राखेको थियो। सोमबार पञ्जाव सरकार र टिएलपीबिच सो गतिविधि नगर्ने सम्झौता गरेको थियो। 

सम्झौतापश्चात मंगलबार एकैदिन ८६० टिएलपी समर्थक आन्दोलनकर्मीहरुलाई पञ्जाव सरकारले रिहा गरेको डन न्यूजमा समाचार छ। 
०००

सैनिक अस्पतालमा भएको विस्फोटमा १९ को मृत्यु ४३ घाइते 
काबुल : अफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा परी १९ को मृत्यु भएको छ भने ४३ भन्दा बढी घाइते भएका छन्। 

राजधानी काबुलस्थित मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार दिउँसो दुईवटा विस्फोट भएको थियो। 

सो विस्फोटमा परी करिब १९ को मृत्यु भएको र ४३ भन्दा बढी घाइते भएको काबुलस्थित आन्तरिक मामला मन्त्रालय स्रोतले अलजजिरासँग बताएको छ।  

सो अस्पतालमा हवाई फायरसँगै विस्फोट गरिएको अफगान सरकारका सह प्रवक्ता बिलाल कारिमीले बताएका छन्। यद्यपि, घटनाको विस्तृत विवरण भने हालसम्म प्राप्त हुन नसकेको उनले जनाएका छन्। 

उनका अनुसार अफगानिस्तानकै ठूलो ४ सय शैय्या भएको मोहम्मद दाउद खान सैनिक अस्पतालको प्रवेशद्वारमा दुईवटा विस्फोट भएको छ। 
०००

अमेरिकामा दीपावलीमा राष्ट्रिय विदा दिन माग 
न्यूयोर्क : अमेरिकी सांसदहरुले दीपावलीमा राष्ट्रिय रुपमा संघीय विदा दिलाउन माग गरेका छन्। अमेरिकी कंग्रेसका संसदहरुले दीपावली पर्वको अवसरमा संघीय विदा मनाउने गरी छुट्टीको माग गरेका हुन्। 

दीपावलीको अवसरमा राष्ट्रिय विदाको माग गर्दै संसदहरुले अमेरिकी सांसदमा बुधबार कंग्रेस संसदहरुले विधेयक पास गर्ने भएका छन्।  

भारतीय मुलका सांसद राओ खन्ना, राजा कृष्णनामुर्थीर अन्य अधिवक्तासहित लोकतान्त्रिक पक्षका सांसदले बुधबार सो विधेयक पास गर्न लागेको बताइएको छ। 

इन्डियन अमेरिकी समुदायका प्रतिनिधि सन्जीव जोशीपुराले अमेरिकामा रहेका भारतीय र नेपाली मुलका मानिसलाई समर्थन गर्न सो विधेयक पारित गर्न लागेको बताएका छन्। 

सो विधेयक पारित भएमा भारतीय र नेपाली मुलको बाहुल्यता रहेका विभिन्न राज्यमा दीपावली पर्व मनाउन संघीय विदा पाइने अमेरिकी सांसद क्यारोलिन म्यालोनीले बताएकी छन्। ‘यदि सो विधेयक पास भएमा अमेरिकामा बसोबास गर्दै आएका लाखौँ भारतीय र नेपाली मुलका नागरिकहरुको लागि अत्यन्तै अर्थपूर्ण साबित हुनेछ’, उनले भनेकी छन्। 
०००

६ सय दिनपछि अष्ट्रेलियाले खोल्यो अन्तर्राष्ट्रिय सीमा नाका
सिड्नी : अष्ट्रेलियाले करिब ६ सय दिनपछि अन्र्राष्ट्रिय सीमा नाका खोलेको छ। विश्व महामारी कोभिड १९ सुरु भएपछि सीमा नाका बन्द गरेको करिब ६ सय दिनपछि अष्ट्रेलियाले आफ्नो सो प्रतिबन्ध हटाएको हो। 

सीमा नाका खोलेसँगै अष्ट्रेलियाले पहिलो विदेशी समूहलाई आफ्नो मुलुकमा प्रवेश दिएको छ। अष्ट्रेलियाले विदेशीसँगै आफ्ना नागरिकलाई समेत प्रवेश गराएको छ। सो अवसरसँगै करिब दुई वर्ष लामो समयसम्म विदेशमा बसेका नागरिकहरुले आफ्ना आफन्तसँग भेट्ने मौका पाएका छन्। 
००० 

नाइजेरियामा निर्माणाधीन भवन भत्किँदा ६ को मृत्यु, सय बढी बेपत्ता 
आबुजा : नाइजेरियाको व्यापारिक राजधानी लागोसमा एक निर्माणाधीन भवन भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। करिब २१ तले भवन भत्किँदा १ सयभन्दा बढी भवनभित्रै फसेको र दर्जनौ बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। 

सोमबार राति सो घटना भएको लागोसका अधिकारीहरुले बताएका छन्। लागोसको आपतकालिन विभागका कर्मचारीहरुले मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएअनुसार भवनमा फसेकाहरुको खोजी र उद्धार कार्य जारी राखिएकोसमेत उनीहरुले बताएका छन्। 

हराएकाहरु सबै भवन निर्माणमा खटिएका कामदार रहेको प्रत्यक्षदर्शीले बताएका छन्। 

यसअघि सन् २०१४ मा लागोसको निर्माणाधिन व्यापारिक भवन भत्किँदा १ सय दक्षिण अफ्रिकी कामदारको मृत्यु भएको थियो। 
०००

जिम्वाबेका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच २५ वर्षपछि पहिलो पटक भेट
रोम : बेलायती प्रधानमन्त्री  र जिम्वाबेका राष्ट्रपतिबीच २५ वर्षपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ। प्रधानमन्त्री बोरिस जोनसोन र राष्ट्रपति इमर्सन नाङ्ग्वाबीच २५ वर्षमा पहिलो पटक भेटवार्ता भएको हो। 

उनीहरुबीच २६औं जलवायु सम्मेलन कोप २६ को अवसरमा ग्लास्गोमा भेट भएको बताइएको छ। जिम्वाबेका राष्ट्रपतिले बेलायतमा पहिलोपटक आफ्नो पाइला टेकेको बताइएको छ। 

जलवायु सम्मेलनमा भेट भएकोले दुई पक्षीय नेताबीच दुई देशबीचको कुटनैतिक सम्बन्धमा छलफल नभएको बताइएको छ। 
०००

साउदी अरबमा संसारकै पहिलो ‘उड्ने संग्राहलय’ 
रियाध : साउदी अरब सरकारले संसारकै पहिलो उड्ने संग्रालय (फ्लाइङ म्युजियम) उद्घाटन गर्ने भएको छ। सरकारले साउदीको प्राचीन सहर अलउलास्थित बिहीबार सो संग्राहलयको उद्घाटन गर्न लागेको हो। 

संग्राहलयको यात्रा हवाइजहाजबाट गर्न मिल्ने बताइएको छ। भ्रमणमा निस्केका यात्रुहरुले प्राचीन अरबियन कला संग्राहलय हेर्न पाउने छन्। पुरातात्विक उत्खननबाट भेटिएका प्राचीन कला एवम् वस्तुहरु सो संग्राहलयमा हेर्न पाइने अरब न्यूजमा खबर छ। 

हवाइजहाजमा सवार यात्रुहरुले ‘आर्किटेक्ट अफ एन्सेन्ट अरेबिया’ नामक वृत्तचित्र अवलोकन गर्न पाउने बताइएको छ। 

सो संग्राहलय रोयल कमिसन र साउदीको संयुक्त सहकार्यमा बनेको हो। उड्ने संग्राहलयको यात्रा साउदी अरेबियाको राजधानी आबुजादेखि प्राचीन सहर आलउलासम्म गर्न पाइने बताइएको छ। 

– संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.