सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई
काठमाडौं : सर्वोच्च अदालतको नौ इजलासमा बुधबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई सुरु भएको छ। एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बन्दी प्रत्यक्षीकरणका ती इजलास तोकेका थिए। तीमध्ये ६ संयुक्त र २ एकल छन्। इजलासमा सुनुवाइसमेत सुरु भइसकेको छ।
सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा पेसी तोकेका छन् र सुनुवाई पनि सुरु भइसकेको छ। गत आइतबार मध्याह्नदेखि न्यायाधीशहरुले विभिन्न माग राख्दै सुनुवाई गर्न इन्कार गरेका थिए।
यही कात्तिक ८ गते सोमबारदेखि मुद्दाको सुनुवाई पूरै प्रभावित भएको थियो। सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाई प्रभावित भएको आज नौ दिन पुगेको छ। अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन्।