एमालेले माधव नेपालको पार्टीलाई महाधिवेशनमा नबोलाउने

एमालेले माधव नेपालको पार्टीलाई महाधिवेशनमा नबोलाउने

काठमाडौं : नेकपा एमालेको चितवन- १० औं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई आमन्त्रण नगर्ने भएको छ । महाधिवेशन सन्दर्भमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एसलाई अवैध गर्भाधारण गरेको पार्टीको संज्ञा दिँदै त्यसलाई नबोलाउने बताएका हुन्। उनले कतिपय दलको पहिचान र ठेगाना पनि स्पष्ट नभएको समेत बताए । 

प्रमुख राजनीतिक दलहरुलाई आमन्त्रण गर्छौं, 'उनले भने, 'कतिपयको पहिचान र ठेगाना स्पष्ट छैन। अवैध सम्बन्धबाट गर्भधारण गरेका समूहलाई हामीले बोलाउँदैनौं।’  मुलुकका प्रमुख राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको उनले बताए । 

एमालेले १० औ महाधिवशेनलाई केन्द्रीत गरेर बुधबार पहिलो पत्रकार सम्मेलन गरेको हो। नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन यही २०७८ मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको मूल नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.