होस गर्नुस् ! दूषित मिठाई पर्ला

होस गर्नुस् ! दूषित मिठाई पर्ला

काठमाडौं : सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ। 

भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि ? यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १८ देखि २२ सम्म २ सय ४९ खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुराँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा दूषित तथा म्याद समाप्त भएका खाद्य पदार्थ प्रशस्तै पाइएको विभागले जनाएको छ। 

२ लाख ६० हजार रुपैयाँको उपभोग्य म्याद सकिएका तेल, मसला पदार्थ, दुग्ध पदार्थ, पेय पदार्थलहरू जफत तथा नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

दूषित जेरी बिक्री गरेको अभियोगमा वैशाख १४ गते कञ्चनपुरको मिलन होटलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा नै दायर गरिएको छ। २०७७ साउन ५ गते काभ्रेको दुर्गा एन्ड चाट पसललाई समेत दूषित लड्डु बिक्री गरेको भन्दै मुद्दा हालिएको छ। २०७६ भदौमा बनेपाको आचार्य जलपान गृहलाई पनि दूषित लड्डु बेचेको अभियोगमा मुद्दा दायर गरिएको थियो।

विभागले आर्थिक वर्ष २०७७/७८ मा ९० र २०७६/७७ मा ५५ वटा गुणस्तरहीन वस्तु बिक्री गर्ने बिक्रेतालाई कारबाही गरेको छ।  विशेष गरेर चाडपर्वमा गुणस्तरहीन मिठाई बिक्री गर्न सक्ने भएकाले स्थानीय तहसँग मिलेर अनुगमनमा कडाइ गरेको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। ‘दैनिक रूपमा देशैभर मिठाई तथा मिठाईजन्य पसलहरूमा अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘विभागसँग मिठाईमा पुरानो तेलको प्रयोग भएको छ कि छैन भनेर पत्ता लगाउने मेसिन छ। मेसिनको सहयोगले परीक्षण गरिरहेका छौं।’ सडे गलेको, फोहोरमैला वा विषाक्त अवस्थामा राखिएको खाद्य पदार्थ बिक्री गरेमा जरिवाना तथा कैद हुनेछ। यस्तो कार्य गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.