कोरोनाको उच्च जोखिममा युरोप : डब्ल्यूएचओ
युरोप : युरोपेली मुलुकहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ। विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)ले युरोपेली मुलकका जनताहरुले पर्याप्त खोप नलगाएका कारण फेरि एक पटक ती मुलुकहरु कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएको हो।
पत्रकार सम्मेलनमा डब्ल्यूएचओ युरोप प्रमुख हान्स क्लुगेले फ्रेबुअरी सम्ममा युरोपेली मुलुकमा कोरोनाको अवस्था भयावह हुन सक्ने र त्यसले लाखौंको ज्यान जान सक्ने बताएका छन्।
युरोपेली मुलुकहरु फेरि एक पटक कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले फ्रेब्रुअरीसम्ममा युरोपेली मुलुकहरुमा थप पाँच लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओ युरोपेली मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाउने प्रक्रिया सुस्त भएको दाबी गरेको छ। -बीबीसीबाट