मोरक्कोका नागरिकलाई कोरोनाविरुद्ध तेस्रो खोप

मोरक्कोका नागरिकलाई कोरोनाविरुद्ध तेस्रो खोप

काठमाडौं : मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ। महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तेस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो।

मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो। यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीहरूले जानकारी दिएका छन्।  

आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन्। उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो। त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो।  

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन्। तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन्। मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै कुल सङ्क्रमितहरूको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ। 

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ। ती मध्ये २३ जनाको पछिल्लो  २४ घण्टामा मृत्यु भएको हो। मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन्। -रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.