टी-२० विश्वकप : अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजको खराब सुरुवात
अबुधाबी : आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले साविक विजेता वेस्ट इन्डिज र अस्ट्रेलिया भिड्दैछन्। यूएईको अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा भइरहेको खेलमा अस्ट्रेलियाले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्ता दिएको छ।
ब्याटिङको निम्ता पाएको वेस्ट इन्डिजले समाचार तयार पार्दासम्ममा ३.३ ओभर खेल्दै ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको छ। उसका ओपनर क्रिस गेलले ९ बलको सामना गर्दै १५ रन जोडेर बोल्ड आउट भएका छन्। त्यस्तै निकोलस पुरन ४ रन तथा रोस्टन चेज शून्य रनम पेभिलियन फर्किएका छन्।
जारी प्रतियोगितामा ४ खेल खेलेको अष्ट्रेलियाले ३ मा जित र १ हारसहित ६ अंक जोडेको छ । सेमिफाइनल यात्राबाट बाहिरिइसकेको वेस्ट इन्डिजले भने समान खेल खेल्दै ३ हार र १ जितसहित २ अंक मात्र जोडेको छ ।
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध जित निकाल्नैपर्ने दबाब छ ।
४ खेलमा शतप्रतिशत नतिजा निकालेको इङ्ल्यान्ड सेमिफाइनल प्रवेशका लागि बलियो स्थितिमा रहेको छ। दक्षिण अफ्रिकालाई भने सेमिफाइनल खेल्न आजको खेलमा फराकिलो जितको अवश्यकता छ । दक्षिण अफ्रिकाले ४ खेलमा ३ मा जित र १ मा हार ब्यहोरेर ६ अंक जोडेको छ ।
यस्तै शनिबार अर्को खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाको खेल ७ : ४५ बजे यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा हुनेछ ।