हर्षउल्लासका साथ मनाइयो भाइटिका

हर्षउल्लासका साथ मनाइयो भाइटिका

चितवन : कोरोना कारण गतवर्ष सुनसान बनेको तिहार यसवर्ष उल्लासपूर्ण बन्यो । कोरोनाको जोखिम कम भएपछि चितवनमा खुलेर तिहार मनाइएको छ।  भरतपुर महानगरपालिका ५ का प्रवेश शर्मा भुषालले गत सालभन्दा यस वर्ष तिहार रमाइलो गरी मनाएको बताए। ‘पोहोर कोरोनाले तिहार मनाउन पाइएन, डर थियो, आफन्तसँगै भेट्न पनि मुस्किल थियो, 'उनले भने,'यसपटक खुल्लारुपमा तिहार मनाउन पाइएको छ । 

परम्परा जोगाउनका लागि पनि धेरैले तिहार मनाए । नेपाली सभ्यताकै सांस्कृतिक पर्व तिहार विशेष उत्साह र महत्वका साथ मनाएको हो। कोरोना संक्रमण कम हुँदै गएपछि यो वर्षको तिहार खल्लो बन्न पाएन । 

स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाइएको छ । अमेरिकामा बस्दै आएका डा. प्रेमसिंह थापाले २२ वर्षपछि टिका लगाएको बताए। उनले भरतपुर महानगर ४ लंकुस्थित डक्टर कोलोनिमा आफ्नी बहिनी डा. सुरु थापाको हातबाट २२ वर्षपछि टिका लगाएका हुन्।

कोरोना जोखिम कम भएपछि उनी नेपाल आएका हुन्। ‘मैले २२ वर्षपछि बहिनीको हातबाट टिका लगाउन पाएँ, 'उनले भने,' कोरोन जोखिम घट्दै गएपछि म जस्तो परदेशीको परिवारसँग भेट गरायो । साह्रै खुसी छु ।’ 

गतसाल लकडाउनका कारण धेरै विदेशबाट घर आउन पाएनन् । यसपटक भने सबैलाई एकत्रित हुने मौका जुर्यो । परदेश गएका दाजुभाइ दिदीबहिनीहरु स्वदेश फर्किएर पर्व मनाउन पाएका हुन्।

करिब १८ वर्षदेखि जापान बस्दै आएका भरतपुर महानगरपालिका ४ बैदिकनगरका राजु गौतमले तीन वर्षपछि तिहार मनाए । कोरोनाकै कारण उनी नेपाल आउन पाएका थिएनन् । यसपटक परिवारसँग बसेर चाडपर्व मनाउँदा उनी हर्षित छन्। ‘कोरोनाकै डरले हामीले खुलेर पर्व मनाउन पाएका थिएनौं,' उनले भने,' यसपटक जोखिम कम भएपछि सजग भएर टिका लगाइयो। ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.