लागूऔषध प्रकरण : के शाहरुखका छोरा आर्यन निर्दोष थिए त ?

लागूऔषध प्रकरण : के शाहरुखका छोरा आर्यन निर्दोष थिए त ?

मुम्बई : लागूऔषध प्रकरणमा समातिएका बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले छुटिसकेका छन्। गत शनिबार उनी पक्राउ परेको एक महिनापछि रिहा भएको हुन्।

मुम्बईबाट गोवातर्फ गइरहेको क्रुज शीपमा लागूऔषध पार्टीमा सहभागी भएको आरोपमा आर्यन पक्राउ परेका थिए। पक्राउ परेको करिब एक महिनापछि उनी जमानतमा रिहा भएका थिए। यद्यपि उनलाई फसाइएको कतिपयले बताएका छन्।

आर्यनलाई पैसाका लागि फसाइएको एक साक्षीले प्रहरीसमक्ष बयान दिएको समाचार दैनिक भास्करमा छ।

सुनिल पाटलसँग आर्यनको लेनदेन थियो
एक साक्षीले सुनिल पाटिल नाम गरेका व्यक्तिसँग आर्यनको लेनदेन रहेको बताएका छन्। उनले केही दिन पहिलेदेखि पाटिलसँग आर्यनको भेटघाट भइरहेको थियो। आर्यनले पाटिलबाट केही रकम लिनुपर्ने थियो। त्यसैले पाटिलले नै आर्यनलाई फसाउन ‘मास्टरमाइन्ड’ योजना बनाएको भारतीय जनता पार्टी (बीजेपी)का एक नेताले आरोप लगाएका छन्। पाटिल नेशनलिस्ट कांग्रेस पार्टीसँग सम्बन्ध रहेका व्यक्ति रहेको बताइएको छ।

बीजेपी नेताका अनुसार आर्यनले २०१८ मै पाटिललाई एक काम गर्न पैसा दिएका थिए। तर उनले सो काम पूरा नगरेको भन्दै आर्यनले पैसा फिर्ता मागिरहेका थिए। 

पछिल्लो समय पाटिलले विभिन्न व्यक्तिहरूलाई भेटेर आर्यनलाई फसाउने योजना बनाएको आरोप उनलाई लागेको छ। योजना अनुसार नै क्रु शीपमा आर्यनलाई फसाउन सफल भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.