पाकिस्तानको जितमा खुसी मनाउँदा पक्राउ परेका कश्मिरका विद्यार्थीको मुद्दा के हुँदैछ ?

पाकिस्तानको जितमा खुसी मनाउँदा पक्राउ परेका कश्मिरका विद्यार्थीको मुद्दा के हुँदैछ ?

लखनउ : जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले भारतमाथि जित हात पार्दा उत्तर प्रदेशको आगरामा खुसी मनाएको आरोपमा पक्राउ परेका तीन कश्मिरी विद्यार्थी हालसम्म मुक्त गरिएका छैनन्। उनीहरूलाई देशद्रोहको मुद्दा लगाइएको छ। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनीहरूलाई देशद्रोहको मुद्दा लाग्ने भन्दै छाड्न नमिल्ने बताइरहेका छन्।

समूह चरणको खेलमा भारतले पाकिस्तानसँग १० विकेटको ‘लज्जास्पद्’ हार व्यहोरेको थियो। जितसँगै पाकिस्तानले भारतमाथि पहिलोपटक टी–२०आईमा जित निकाल्दै इतिहास रचेको थियो। सोही जितमा खुसी मनाउने ती कश्मिरका तीन विद्यार्थीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरू पक्राउ परेपछि मुख्यमन्त्री आदित्यनाथले ट्वीटरमार्फत् ‘पाकिस्तानको जितमा खुसी मनाउनेविरुद्ध देशद्रोहको मुद्दा लाग्छ’ भनेका थिए।

पक्राउ पर्ने तीन छात्र उत्तर प्रदेशको आगरास्थित राजा बलवन्त सिंह इन्जिनियरिङ कलेजका छात्र हुन्। अर्शद युसुफ र इनायत अल्ताफ शेख इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत छात्र हुन्। त्यस्तै शौकत अहमद गनी भने चौथो वर्षका विद्यार्थी हुन्।

उनीहरूलाई भारतीय कानुनको धारा १५३ए, ५०५(१)(बी), आईटी एक्ट २००८ को धारा ६६एफ विरुद्ध कार्य गरेको भन्दै मुद्दा दायर गरिएको छ। एफआरआईमा यी तीन विद्यार्थीले मुलुक विरोधी नारा लगाएर अराजकता फैलाउने कोशिष गरेको, जसका कारण माहोल खराब हुने आशंका पैदा भएको बताइएको थियो। मुख्यमन्त्री आदित्यनाथको ट्वीटपछि उनीहरूलाई देशद्रोहको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अगाडि बढेको बताइएको छ।

यस्तो छ विस्तृत कुरा
ओमान र युएईमा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरण अन्तर्गत भारतविरुद्ध पाकिस्तानले अक्टोबर २४ मा १० विकेटको शानदार जित निकाल्यो। सो जितसँगै वावादित कश्मिरका यी तीन विद्यार्थीले ह्वाट्सएपमा ‘लभ यू बाबर’ तथा ‘भारत मेरो देश होइन, मेरो देश त कश्मीर हो’ जस्ता कुराकानी गरे। सो कुराकानीको स्क्रीनशट भाइरल भएपछि २५ अक्टोबरमा कलेज प्रशासनले उनीहरूलाई निलम्बन गर्‍यो।

सो समाचार फैलिएपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ता कलेजमा पुगेर ती विद्यार्थीको गिरफ्तारीको माग गर्न थाले। सो मोर्चाका अध्यक्षका अनुसार ती विद्यार्थीले पाकिस्तानको जितसँगै ‘पाकिस्तान जिन्दावाद’ जस्ता नारासमेत लगाएका थिए। उनले त्यस्तो अभिव्यक्ति भारतविरोधी भएकाले ‘भारतलाई टुक्रा पार्ने’ सोँच भएका व्यक्तिलाई भारतमा कुनै स्थान नरहेको समेत बताएका थिए। त्यसपछि प्रहरीले ती तीन विद्यार्थीलाई २७ अक्टोबरमा पक्राउ गरेको थियो।

प्रधानमन्त्री छात्रवृत्तिमा अध्ययनरत थिए शौकत
इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत शौकत अहमद गनी प्रधानमन्त्री छात्रवृत्ति पाएर अध्ययन गरिरहेका विद्यार्थी हुन्। उनका बुवाले आफ्नो छोराको कजेज शुल्क तिर्न सक्ने आफ्नो हैसियत नभएकाले छोरालाई छात्रवृत्तिमा पढ्न पठाएको बताएका छन्। उनले आफू गिटी कुट्ने, बोक्ने जस्ता मजदुरी काम गरेर उच्च शिक्षा पढाउने हैसियतको नभएको बताएका छन्।

अभिभावकलाई छोराको भविष्यको चिन्ता
आफ्ना छोराले के ‘गल्ती’ गरेको ती विद्यर्थीका अभिभावकलाई राम्रोसँग थाहा छैन। उनीहरूलाई आफ्ना सन्तानको भविष्यको चिन्ता मात्र छ। तेस्रो वर्षमा अध्ययनरत अर्शद युसुफका मामा उनलाई जेलमा भेट्न आउँदा भान्जाले साथीसँग च्याट गर्दाको मेसेज स्क्रीन शट गरेर सामाजिक सञ्जालमा कसैले राखेको बताए। 

‘उनको भविष्यको कुरा छ, हामी उसको रिहाई मात्र चाहन्छौँ’, अर्शदका मामा भन्छन्, ‘हामी हात जोडेर प्रधानमन्त्री र मुख्यमन्त्रीज्यूसँग अनुरोध गर्छौँ– यिनीहरूको भविष्यको ख्याल गरेर छाडिदिनुहोस्।’

जमानत मिल्न कठिन
आगराका वकिलहरूले पक्राउ परेका तीन विद्यार्थीको पक्षमा वकालत नगर्ने बताएपछि जमानत मिल्न कठिन भइरहेको थियो। तर अहिले मधुवन दत्त चतुर्वेदीले वकालत गर्ने सहमति गरेको बताइएको छ। यद्यपि जमानत पाउन मुश्किल हुन सक्ने बताइएको छ।

चुतर्वेदीले जमानत पाउन सक्ने अवस्था भएपनि व्यवहारत: शंका गरेका छन्। ‘व्यवहारमा के हुन्छ म केही भन्न सक्दिनँ’, उनले भनेका छन्, ‘सरकारको दबाबमा अदालत काम गर्दैन भन्ने विश्वास छ।’ उनले यो विश्वास न्यायालयले कायम गर्नेमा आशावादी रहेको पनि बताएका छन्। 

(बीबीसी हिन्दीबाट)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.