४५ जना यात्रु सवार बस नारायणगढमा दुर्घटना, बस चलाउने सहचालक लठ्ठिएको अवस्थामा फेला

४५ जना यात्रु सवार बस नारायणगढमा दुर्घटना, बस चलाउने सहचालक लठ्ठिएको अवस्थामा फेला

चितवन : भ्रमणका लागी सौराहा आएको बस नारायणगढको लायन्स चोकमा दुर्घटनामा परेको छ। सौराहा घुम्न रिजर्भमा आएको भे २ ख २८३६ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लायन्सचोकमा रहेको नहरमा खसेको हो। बसमा सवार ४५ जना यात्रु सामान्य रहेका छन्। सडकमा गुडिरहेको म्याजिक बस र अटोरिक्सालाई ठक्कर दिएर अनियन्त्रित भएको बस नहरमा खसेको हो। 

दुर्घटनामा परेर बसका चालक विनोद शर्मा सामान्य घाइते भएका छन्। उनी बसको अगाडिको भागमा बसेका शर्मालाई सिसाले काटेको छ। सहचालक रमेशकुमार कर्णले बस चलाएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघुसिंह विष्टले बताए। कर्णले लागु औषध सेवन गरेर सवारी चलाएको  हुनसक्ने विष्टले बताए। ‘सहचालक लठ्ठिएको अवस्थामा हामीले भेट्यौँ , मापसेको गन्ध भेटिएन। लागु औषध खाएको हुनसक्ने अवस्था देखिएन। ’ उनले भने ‘ थप अनुसन्धान गर्दैछौँ। ’

तिहारमा देउसी खेलेको पैसाले सौराहा घुम्न आएका थिए। आफन्त र छिमेकी मिलेर घुम्न आएको बसमा सवार रत्नादेवी पुनमगरले बताइन्। ‘हिजो साँझ हिडेको आज सौराहा घुमेर आज साँझ फर्किने योजना हो ’, उनले भनिन् ‘ धन्न ज्यान जोखियो कसैलाइ केही भएन। त्यसैमा चित्त बुझाएका छौँ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.