भारतीय राष्ट्रपतिले दिए शर्मालाई सेनाध्यक्षको पदवी (भिडियोसहित)

भारतीय राष्ट्रपतिले दिए शर्मालाई सेनाध्यक्षको पदवी (भिडियोसहित)

काठमाडौं : भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी प्रदान गरेका छन्। भारतीय राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले प्रधानसेनापति शर्मालाई स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी प्रदान गरेका हुन्।

प्रधानसेनापति शर्मा मंगलबार बिहान नेपाली सेनाको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली गएका थिए। नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ कार्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन्। 

प्रधानसेनापति शर्माले मंगलबार भारतीय समकक्षी नरवाणेसँग भेट गरेका थिए। भेटमा द्वीपक्षिय हित र सैनिक सहायताका बारे छलफल भएको थियो। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। 

भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा १५ जना सैनिक टोलीको नेतृत्व गर्दै भारत गएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.