१४७ दिनमा जन्मिएको शिशुको नाम गिनिज बुकमा रेकर्ड

१४७ दिनमा जन्मिएको शिशुको नाम गिनिज बुकमा रेकर्ड

अलाबामा : सामान्यतया गर्भाधारण भएको ९ महिना अर्थात् ४० हप्तामा शिशु जन्मिन्छन् । तर, दक्षिणपूर्वी राज्य अलाबामा एक शिशुले निकै कम समयावधिमै जन्म लिएका छन् । ती शिशु २१ हप्ता अर्थात् १४७ दिनमा जन्मिएका हुन्। निकै कम समयमा जन्मिएका ती शिशुले संसारकै कम समयमा जन्मिने शिशुको रुपमा प्रमाणपत्र पाएका छन् । 

कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ । 

करिब १९ हप्ताअघि नै ती शिशुले आमा माइकल बटलरको गर्भबाट जन्म लिएका हुन् । बटलरले जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टिससँगै जन्मिएका किस्याको भने जन्मिने वित्तिकै मृत्यु भएको थियो ।

सो समयमा कर्टिसको बाच्ने सम्भावना जम्मा १ प्रतिशत मात्र रहेको चिकित्सकले बताएका थिए । जन्मिएपछि भेन्टिलेटरमा राखिएका कर्टिसलाई तीन महिनापछि अस्पतालले डिस्चार्ज गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.