बागमती प्रदेशमा थपिए दुई मन्त्री

बागमती प्रदेशमा थपिए दुई मन्त्री

हेटौंडा : बागमती प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य निमा लामालाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।

मन्त्री नियुक्तीसँगै दुबैजनालाई बिहीबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाएका छन्। जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। लामा पहिलो पटक मन्त्री भएका हुन्। 

लामाको नाम बुधबारदेखि नै चर्चामा भए पनि अन्तिम समयमा मात्र काँग्रेसले निर्णय गर्दा सपथग्रहण करिब डेढ घण्टा ढिलाइ भएको थियो।

यसअघि मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादी प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून, कांग्रेस प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलकी उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्री नियुक्त गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.