डीएसपी तिम्सिनाको निधन

डीएसपी तिम्सिनाको निधन

सप्तरी : इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख ४६ वर्षीय डीएसपी लोकनाथ तिम्सिनाको शुक्रबार निधन भएको छ। काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा डीएसपी तिम्सिनाको बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले बताए।

दशैं अघि बिरामी भएका तिम्सिनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई केही दिनअघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।

निमोनियाबाट पीडित तिम्सिनाको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको हो। कञ्चनरुप, सप्तरीका प्रमुख डिएसपी नरेशकुमार सिंह सरुवा भई हेटौडा गएपछि तिम्सिना काठमाडौंबाट सरुवा भई गत असार ९ गतेदेखि सप्तरीमा कार्यरत थिए। वि.सं. २०३२ साल मङ्सिर ६ गते ओखलढुङ्गामा जन्मेका ओखलढुङ्गा सिस्नेरी– ५ का डीएसपी तिम्सिना परिवारसहित ९ वर्षअघि ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ मा बसोबास गर्दै आएका थिए।

वि.सं. २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका तिम्सिना २०६१ मा इन्स्पेक्टरमा नयाँ भर्ना भएका थिए भने २०७२ सालमा बढुवा भई डिएसपी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.