एमाले महाधिवेशन : स्याङ्जाबाट प्रतिनिधिका लागि ८९ को उमेदवारी
स्याङ्जा : नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेसनमा स्याङ्जाबाट सहभागी हुने आकांक्षीको संख्या ८९ पुगेको छ। स्याङ्जामा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दर्ता हुदाँ बिहीबार साँझसम्म ८९ जनाले उमेदवारी दर्ता भएको नेकपा एमालेले जनाएको छ।
संगठित सदस्यका आधारमा जिल्लाबाट भने २४ जना मात्र महाधिवेशनमा सहभागी हुन पाउनेछन। स्याङ्जामा करिब १३ हजार ७ सय संगठित सदस्य रहेको बताइएको छ। दु्ई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ बाट खुलातर्फ ३७ र महिलातर्फ ९ र उत्पीडितर्फ २ जनाले उम्मदेवारी दर्ता गराएका छन्। यसैगरी, क्षेत्र नं. १ बाट खुलातर्फ यसैगरी, क्षेत्र न. २ तर्फको खुलातर्फ २९, महिलातर्फ ९ र उत्पीडिततर्फ ३ जनाको उम्मेदवारी परेको हो।
आकांक्षीमध्ये खुलातर्फ दुवै क्षेत्रका गरी ७/७ जना, महिला तर्फ ३/३ जना र उत्पीडततर्फ ४ जनागरी २४ जना मात्र सहभागी हुन पाउनेछन्। शुक्रबार बिहान १० बजेसम्म दावी विरोध र साँझ ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका यादवराज शर्माले जानकारी दिए।
उनले भने, ‘सकेसम्म सर्वसम्मत नसके निर्वाचन प्रक्रियाबाट टुंग्याउनेगरी छलफल जारी छ।’