रौतहट जीप दुर्घटना : मृतक दुईजनाको सनाखत

रौतहट जीप दुर्घटना : मृतक दुईजनाको सनाखत

रौतहट : शनिबार राति रौतहटको यमुनामाई गाउँपालिका-५ झुनखुनुवामा भएको कार दुर्घटनामा मृत्यु भएका चारमध्ये दुईजनाको सनाखत भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बिहारस्थित बखरी घर भएका दिनानाथ साह र अरुण साह रहेका छन्। अन्य दुईजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको  छ।

सडक किनारको पानी जमेको खाडलमा जीप डुब्दा गएराति चारजनाको मृत्यू भएको थियो। युके १२ सी २९०० नम्बरको कार खाडलमा खसेको थियो। कार पानीमा डुबेको अवस्थामा सिसा फुटाएर चारजनालाई निकालेको थियो। उनीहरुलाई अस्पताल पुर्‍याउने वित्तिकै मृत घोषणा गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए।

उनीहरु शनिबार भारतबाट रौतहट घुम्न आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.