ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाको मृत्यु

ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाको मृत्यु

ओखलढुंगा : जीप दुर्घटना हुँदा ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार यात्रुको मृत्यु भएको छ। क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका-९ कटुञ्जेमा भएको दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा सिद्धिचरण नगरपालिका- १० रुप्सेका १७ वर्षकी  तुलसा मगर, ३५ वर्षीया मिठूमाया मगर,  ३५ वर्षीया शान्ता मगर र खगेन्द्र मगरको मृत्यु भएको हो। अन्य एक जनाको मृतकको पहिचान खुलेको छैन। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थल र एक जनाकाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो। गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। अन्य ९ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए। दुर्घटनामा एकै गाउँका चारको मृत्यु र दर्जन बढि घाइते भएपछि गाउँ नै शोकमा डुबेको छ। गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शोकमा डुबेको सिद्धिचरण १० का वडा अध्यक्ष दामोदर धमलाले बताए। मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडक वाट करीब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.