मुगुको गमगढी बजारमा आगलागी, २० घर जले (तस्बिर)

मुगुको गमगढी बजारमा आगलागी, २० घर जले (तस्बिर)

मुगु : मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी हुँदा २० घर ध्वस्त भएका छन्। सोमबार राति १२:३१ बजे ठील्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका २० घर ध्वस्त भई ५० करोड बढी क्षति भएको प्रहरीले जानकारी दिएको हो।

ठिल्ले लामाको पुजा कोठाको दियोबाट सल्केको आगोले तल्लो बजारमा रहेको  लामाको घरसहित छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादु शाही, छत्त बहादुर मःल्ल, कुसलाला सावद,  पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाहीको घर पूर्ण रुपले क्षति हुँदा  ५० करोडभन्दा माथि क्षति भएको  जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्र बहादुर भट्टराईले जानकारी दिएका छन्।

राति १२:३० बाट सुरु भएको लागो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र नेपाली सेना र स्थानियले बुधबार बिहान ४ बजे नियन्त्रणमा ल्याएका थिए। आगो लागी भएका घरहरु सबै व्यापारिक प्रयोजनामा थिए।  खाद्यान्न , फेन्सि, रेष्टुरेण्ट, होटल मेडिकल, संचालनमा आएका घरमा आगलागी हुँदा अहिले आगलागी पिडितहरुलाई महाकाली मावि खाद्य संस्थान र पशु कार्यालयको खुल्ला चौरमा राखिएको छ।

साघुँरो गल्लि र पानी र दमकल तथा अन्य उपकरणकको अभावले गर्दा ठूलो क्षति भएको हो। आगलागीले भौतिक संरचना  तथा धनमाल क्षति भएको भएपनी मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।
आगलागीले गर्दा  छाँयानाथ रारा नगरपालिकाका सबै स्थानमा विद्युत आपूर्ति बन्द भएको छ भने गमगढीको तल्लो बजारमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ।

आगो नियन्त्रण गर्दै सर्वसाधरण र सुरक्षाकर्मी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.