बन्द गराउँदै हिँडेका विप्लवका ११ कार्यकर्ता पक्राउ

बन्द गराउँदै हिँडेका विप्लवका ११ कार्यकर्ता पक्राउ

चितवन : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ११ जना कार्यकर्ता चितवनमा पक्राउ परेका छन् । बन्द गराउँदै हिँड्ने क्रममा उनीहरुलाई प्रहरीले भरतपुर र नारायणगढबाट पक्राउ गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष सन्देश पौडेलसहितका नेता कार्यकर्ता पक्राउ परेका हुन् । वाइपास रोडमा टायर जलाउँदै गरेका दुईजना बिहानै नियन्त्रणमा लिएको हो । बाँकी नौजना नारायणगढको लायन्सचोकबाट पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले बताए । उनका अनुसार जबरजस्ती बन्द गराउँदै हिँडेपछि उनीहरुलाई  पक्राउ गरिएको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । बन्दले चितवनको जनजीवन प्रभावित भएको छ । निजी साना गाडी, मोटरसाइकल र अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन संचालन हुन सकेको छैन।

अस्पतालमा समेत बिरामीको खासै चाप छैन। मुख्य बजारका पसल प्राय बन्द छन् । लामो दूरीका साधन पूर्णरुपमा ठप्प छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.