सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोट विवाद उत्कर्षमा

सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोट विवाद उत्कर्षमा

धरान : नेकपा (एमाले)को १० औं महाधिवेशनमा सुनसरीमा प्रतिनिधि छनोट विवाद उत्कर्षमा पुगेको छ। चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ४२ जना प्रतिनिधि  चयन गर्नुपर्ने छ। प्रतिनिधि छनोटका लागि मंगलबार निर्वाचन तोकिएको भएपनि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न निर्वाचन स्थगित गरिएको छ। 

प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराइएको भएपनि संस्थापन पक्षका नेता इतर पक्षका नेताहरुले निर्वाचनको तयारी नै नगरेका कारण प्रतिनिधि छनोट हुन नसकेको एमाले इटहरी उपमहानगर कमिटी सदस्य ऋषि नेपालले जानकारी दिए। उनले प्रतिनिधि छनोट गर्ने निर्वाचन प्रकृया स्थगित गर्नु नेताहरुको अत्यन्तै गलत काम भएको बताए। 

निर्वाचन गर्नको साटो सहमतिका नाममा मनोनयन दर्ता गराइएका आकांक्षीहरुलाई सचिव भीम आचार्य र जिल्ला अध्यक्ष खेमराज पोखरेलले नेताहरुले गरेको निर्णय मान्ने सर्तमा जबरजस्ती हस्ताक्षर गराइको एक एमाले नेतृले जानकारी गराइन्। 

नेताका श्रीमती छनोट गर्न जबरजस्ती हस्ताक्षर 
एकै घरका श्रीमान श्रीमतीहरुले समेत प्रतिनिधि छनोटका लागि मनोनयन गरेपछि विरोध भएको छ। लामो समयदेखि पार्टीमा योगदान गर्नेहरुलाई पाखा लगाउदै श्रीमान श्रीमती नै प्रतिनिधि जान खोज्नु एमालेमा परिवारवाद हाबी भएको उनको भनाई छ। एमाले महाधिवेशनमा प्रतिनिधि जानका लागि सचिव भीम आचार्यकी श्रीमती निरा आचार्य, प्रदेश सांसद सर्बध्वज साँवा उनकी श्रीमती अमृता साँवा, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल उनकी श्रीमती विणा खनाल, धरानकी उपमेयर मञ्जु भण्डारी उनका श्रीमान मुरारी सुबेदीले प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराएका छन्। 
एमाले सुनसरीका सचिवालय सदस्य लक्ष्मी बाँनियाले नेताहरुले सहमतिका नाममा एकै परिवारका श्रीमान श्रीमतीलाई छनोट गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्।  सहमतिका नाममा प्रतिनिधि छनोटको निर्वाचन प्रकृया रोकिनु नेताहरुको निरंकुस प्रबृत्ति भएको उनको आरोप छ। 

नेताहरुले सहमतिका नाममा श्रीमान श्रीमतीलाई प्रतिनिधि छनोट गर्नु अन्य कार्यकर्ताहरुलाई अन्याय हुने एमालेका संगठित सदस्य गापि खतिवडाले बताए। सर्बसहमत प्रतिनिधि छनोट गर्दा श्रीमान श्रीमती मध्ये एकजनाले अन्य आंकाक्षीहरुलाई मार्ग प्रसस्त गरे सहज अवस्था हुने उनको सुझाव छ।  

जबरजस्ती हस्ताक्षर गराएको छैन

सुनसरीमा १३ महिला, चार दलित र २५ पुरुषले एमाले महाधिवेशनमा सहभागिता जनाउन पाउने छन्। एमाले सचिव भीम आचार्यले प्रतिनिधि छनोटको सहमतिमा आंकाक्षीहरुलार्य जबरजस्ती हस्ताक्षर नगराएको र श्रीमतीलाई प्रतिनिधि छनोट गर्न दबाब नदिएको बताए।

एमाले सुनसरीका अध्यक्ष खेमराज पोखरेलले प्रतिनिधिका आकांक्षीहरुलाई सहमतिको वातावरण बनाउनका लागि राजिखुशीमै हस्ताक्षर गराइएको बताए। उनले अन्य जिल्लाहरुमा सहमतिमै प्रतिनिधि छनोट गरिएकाले सुनसरीमा पनि सर्वसहमत प्रतिनिधि छनोट गर्नका लागि निर्वाचन स्थगित गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.