भव्य मञ्च बनाउँदै एमाले

भव्य मञ्च बनाउँदै एमाले

चितवन : कलकल बगेको नारायणी नदी। छेवैको फराकिलो प्रदर्शनी मैदान। पश्चिमतर्फ नारायणी नदीको पुल अनि मनोरम दृश्य। यही मनमोहक दृश्यलाई नेकपा एमालेले आफ्नो महाधिवेशनका लागि भरपुर उपोग गर्ने भएको छ। 

महाविधेशनको उद्घाटन सत्रका लागि एमालेले नारायणी किनारमा तयारी थालेको छ। नदीको छेवैमा पूर्वाधार तयार गरेर अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी ५ जना अट्ने मञ्च तयार हुँदैछ। पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन्। भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन्। बीच भागमा ७२ जना कालाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मन्च बन्नेछ। 

आकर्षक डिजाइनसहित मूल समारोहलाई बढी केन्द्रित गरिएको छ। भाषणका लागि छुट्टै तीन स्टेज हुनेछ।  ‘आजबाट काम सुरु गर्‍यौं। ९ गते बेलुकासम्म आकर्षक मन्च बनाएर मूल समारोह समितिलाई हस्तान्तरण गर्छौं,’ स्वंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने, ‘यहाँको मनोरम अवस्थालाई हामी प्रयोग गरेर आकर्षक बनाउन लागिपरेका छौं।’

मूल समारोह कार्यक्रमका लागि सातवटा गेट तयार गरिनेछ। मन्च पछाडि बन्ने सात नम्बरको गेटबाट अति विशिष्ट अतिथि सवारीसहित प्रवेश गर्नेछन्। छैटौं नम्बरको गेटबाट केन्द्रीय समिति प्रवेश गर्नेछन्। अन्य पाँचवटा गेटबाट सहभागीसहित सर्वसाधारण प्रवेश गर्नेछन्। नारायणी नदीमा रहेका पिल्लरको खाली भागमा एमालेको ठूला खालका ब्यानर रहनेछन्। त्यस्तै, पुलमाथिको भागलाई झण्डाले सजाउने तयारी छ। महाधिवेशनको मूल समारोहमा सेल्फि प्वाइन्ट बन्ने छ। महाधिवेशनपछि पनि सबैका लागि पर्यटकीय आकर्षणको पूर्वाधार तयार गरेर छोड्ने श्रेष्ठले बताए। 

मूल समारोहको मन्चलाई चार भागमा विभाजन गरिएको छ। १०औं महाधिवेशनलाई अहिलेसम्मकै फरक बनाउन खोजिएको एमालेले जनाएको छ। कम खर्चमा स्टेज बनाउने पार्टीको योजना हो। स्टेज निर्माणमा सय जना स्वयंसेवक परिचालित हुन्छन्। नदी किनार सम्याउन थालिएको छ। इन्जिनियर डा. भरत पहारीको नेतृत्वमा  प्राविधिकको टोलीले स्थलगत रूपमै काम गरेको हो। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशनले उद्घाटन सत्रलाई भब्य बनाउन लागिएको बताए। ‘उद्घाटन सत्रको मन्च भव्य बनाइरहेका छौं,’ उनले भने, ‘सहज ढंगबाट हेर्न मिल्ने गरी आवश्यक व्यवस्थापन थालेका छौं।’ 

बन्दसत्र भने सौराहाको होटल सेभेन स्टार परिसरमा हुनेछ।  त्यसमा तीनवटा हलका लागि डोम निर्माण हुनेछ। बन्दसत्र र निर्वाचन कार्यक्रम अलग–अलग हलमा हुनेछन्। तेस्रोमा महाधिवेशन हेर्न जानेहरूका लागि बनाइनेछ। किताब, चित्रकलासहितको प्रदर्शनी गरिने बताइएको छ। बन्दसत्र हुने सौराहामा आवासका लागि क्षेत्रीय होटल संघ र रेस्टुरेन्ट एन्ड बार एसोसियसन चितवनसँग सम्झौता गरिएको छ। ३ हजार ५ सय कोठा बुकिङ गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.