दुई दर्जन बिमा लेख संशोधन

दुई दर्जन बिमा लेख संशोधन

काठमाडौं : बिमा समितिले कृषि तथा पशुपंक्षीसँगसम्बन्धी करिब दुई दर्जन जारी बिमालेखलाई संशोधन गर्ने भएको छ। समितिले जारी बिमालेखलाई समयसापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले संशोधन गर्न लागेको हो।

कृषिसँग सम्बन्धित २५ वटा बिमालेख जारी भएका छन्। यसमध्ये समितिले सोमबार कफी खेती बिमालेखलाई संशोधन गरेको बिमा समिति कृषि तथा पशुपंक्षी  बिमा शाखा प्रमुख तथा उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठले बताइन्। उनका अनुसार अब क्रमैसँग सबै बिमालेखलाई समयअनुकुल व्यावहारिक बनाउने संशोधन हुँदैछ। ‘यसलगत्तै बाख्रा बिमालेख संशोधनको तयारीमा छ। सबै बिमालेखलाई समयसापेक्ष बनाउछौं’ उनले भनिन्। 
कफी खेतीको बिमा पहिला लागतको आधारमा गरिन्थ्यो । संशोधित व्यवस्थाले अब कफी खेतीमा हुने क्षतिविरुद्ध बिमा गर्नका लागि उत्पादनमा आधारित बिमालेख जारी हुने उपनिर्देशक श्रेष्ठले बताइन्। 

समितिका अनुसार सो खेतीको बिमाले अग्नि, हावापानी, मौसम, भूमि, चट्याङ क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्छ। बिमालेख जारी भएको समय (घण्टा र मिनेटसहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बिमालेखमा उल्लेख भएका सम्पूर्ण सर्त बिमितले पालना गर्नुपर्ने प्रावधान छ। यस बिमालेखअन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुवैको बिमा गर्न सकिने र यस बिमालेखअनुसार जारी कफी खेतीको बिमाशुल्क बिमांक रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ। 

पूर्वाधारका कामदारको दुर्घटना बिमा 
अब भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कामदारको दुर्घटना बिमा हुने भएको छ। बिमा समितिले यसअघिको व्यवस्था संशोधन गर्दै दुर्घटना बिमा निर्देशिका २०७८ मार्फत यस्तो व्यवस्था गरेको हो।

निर्जीवन बिमा व्यवसायअन्तर्गत दुर्घटना बिमाको स्तरीकृत बिमालेख तयार गरी आवश्यक बिमादर समेत निर्धारण गरेको छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कामदारहरूको दुर्घटना बिमा गराउने उद्देश्यले यसअघिको निर्देशिका संशोधन गरेको हो। चालू आर्थिक वर्षको बजेटले  निजामती कर्मचारी तथा कामदारका लागि दुर्घटना बिमालेख जारी गर्नु परेकाले सो निर्देशिकामार्फत व्यवस्था गरेको उनले बताए।

यस निर्देशिकाबमोजिम जारी गरिने बिमालेख व्यक्तिगत दुर्घटना बिमालेख र सामूहिक दुर्घटना बिमालेख गरी दुई प्रकारका हुनेछन्। दुर्घटना बिमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था छ। एक वर्षका लागि जारी गरिने बिमालेखको एक महिनासम्मका लागि वार्षिक बिमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बिमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि ६ महिनासम्मका लागि वार्षिक बिमा शुल्कको ६० प्रतिशत र ६ महिनादेखि एक वर्षसम्मका लागि शतप्रतिशत बिमादर तोकिएको छ।  व्यक्तिगत दुर्घटना बिमाका लागि न्यूनतम प्रतिव्यक्ति प्रतिहजार दुई रुपियाँ बिमादर तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.