बलात्कारपछि यसरी भएको थियो अमृता सदाको क्रूर हत्या

बलात्कारपछि यसरी भएको थियो अमृता सदाको क्रूर हत्या

काठमाडौंः पुस्तौनी गरिबी जीवन। पति विदेशमा पसिना बगाइरहेका छन्। छाक टार्न धौ-धौ छ।

रातिको ११ बजे, मोटरसाइलमा सवार दुई जना युवक आए। उनीहरुले महोत्तरीको भंगहा-२ बखरी टोलकी ३५ वर्षीया अमृता सदा (मुसहनी)लाई झण्डा मेला हेर्न लगे। त्यसमध्ये एक जनालाई उनले पहिल्यैदेखि चिन्थे।

मेला लैजान भनेर लगेका अमृतालाई गाउँ नजिकैको चौरमा लगेर उनीहरुले बलात्कार गरे। उनीहरुको पञ्जाबाट उम्किन अमृताले सक्दो प्रयास गरिन्। गुहार मागिन्। उनको गुहार कसले सुन्थ्यो र! उनको मुख जो उनीहरुले थिचेका थिए। मेला हेर्ने उनको सपना चकनाचुरमात्र भएन, उनले जीवन नै त्यागिन्।

सुन्दै कहालीलाग्दो यो घटना गत १४ असोज, २०७८ को हो। आरोपीहरु पक्राउ परेपछि ढेड महिनापछि घटनाको रहस्य खुलेको छ। महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय बिपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादवलाई घटनाको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले पुष्टि गरे। आरोपीहरु मंसिर १ गते पक्राउ परेका थिए।

असोज १४ गते रातको करिब ३ बजे अमृतालाई उनकै घर अगाडि फालेर उनीहरु फरार भएका थिए। बलात्कारपछि बेहोस भएकी अमृतालाई गाउँलेले तत्कालै उद्धार गरेर क्लिनकमा लगेका थिए। तर उनको होस खुलेन। उनलाई प्रादेशिक अस्पताल जनकपुर लगियो। अफसोच उनी यो संसार छाडेर गइसकेकी थिइन्।

आरोपी मनोजसँग अमृताको दुई वर्षअघि देखि चिनजान रहेको प्रहरी अनुसन्धानबाट देखिएको छ। १३ असोजको साँझ आरोपीहरु अमृताको घरमा पुगेका थिए। ‘आरोपीहरु अमृताको घर आएर उनको फोन नम्बर लिएर फर्किएका थिए। राति ११ बजे उनलाई फोन गरेर मेला जान भनेको देखिन्छ। त्यसपछि अमृतालाई बाइकमा राखेर उनीहरु हिँडेका थिए,’ प्रारम्भिक अनुसन्धानबारे एसपी दिनेश आर्चाय भन्छन्, ‘चौरमा लगेर उनीमाथि जबर्जस्ती गरियो।’

बलात्कारपछि आरोपीहरुले अमृतालाई निर्घात कुटपिट गरेर याताना दिइएको शरीरको विभिन्न भागमा देखिएको घाउले पुष्टि गर्छ। मृतक अमृताको निधार, खुट्टा र कम्मरमा गहिरो चोट देखिन्छ।

आरोपीहरुले पनि अमृताको बलात्कार गरेको प्रहरी समक्ष बयान दिएका छन्। बलात्कारका क्रममा अमृताले प्रतिकार गर्न थालेपछि उनीहरुले कुटपिट गरेर यातना दिएका थिए।

मोटरसाइकलमा ल्याएर अमृतालाई उनको घर अगाडि फालेर ती युवकहरु भागेको गाउँलेहरुले देखेका थिए। मोटरसाइकलको नम्बर नचिने पनि गाउँलेहरुले रंग भने प्रस्टै देखेका थिए। ‘मोटरसाइकलको कलरबाट हामीले अनुसन्धान थाल्यौं। आरोपीहरु कहिले भारत, कहिले वीरगञ्जतिर लुकेर बसे। हामीले फरक–फरक प्रहरी टोली खटाएर खोजिरह्यौं। आरोपीहरु घर आएका बेला प्रहरीको विशेष टोलीले पक्राउ गर्‍यो,’ एसपी आचार्यले अन्नपूर्णसँग भने।

मृतक अमृता दलित समुदायकी महिला हुन्। उनी गाउँमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी थिइन्। ‘अमृताले प्रतिकार नगरेको भए, सायद उनको हत्या नहुन सक्थ्यौं। जब प्रतिकार गरिन्, तब उनीहरुले यातना दिए,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.