श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

राजविराज : श्रीमती हत्याका आरोपित सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ पक्राउ परेका छन् । श्रीमतीको हत्याको आरोपमा लुकमानलाई पक्राउ गरी आइतबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका इन्स्पेक्टर बिरेन्द्रकुमार पासवानले बताए ।

रोशन खातुनको २०७६ मङ्सिर ३० गते लुकमानसँग विवाह भएको थियो । विवाहपछि दाइजो माग्दै पटक–पटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा कुटपिट गर्दै ०७६ फागुन १ गते विष खुवाइ मारेको मृतकका भाइ मो. फिरोजले बताए ।

विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारको क्रममा ०७६ फागुन २ गते विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो। शवको पोस्टमार्टम २०७६ फागुन २ गते कोशी अस्पताल, विराटनगरमा भएको थियो ।

घटनासँगै मृतकका बुवा जहिरुद्दिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर भएको थियो । राजविराज इजलाशले २०७७ मङ्सिर २९ गते परमादेश गरेपछि जाहेरी दर्ता गरी लुकमानलाई गिरफ्तार गरिएको इन्स्पेक्टर पासवानले बताए ।

हत्या आरोपमा लुकमानसहित लुकमानकी आमा ४५ वर्षीया सकिना खातुन, बुवा ४७ वर्षीय सरिमुल्ला मियाँ, ठूलोवुवा ५५ वर्षीय कलिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय भिनाजु हजरत मियाँ र दिदी २७ वर्षीया हमिदा खातुन र लुकमानकी ठूलो दिदीकी छोरी २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । अन्य आरोपितहरु पक्राउ परेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.