पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान जारी
वीरगन्ज : पर्सामा फेरिगाँजा खेती फस्टाएको समाचार सार्वजनिक भएपछि प्रहरीलेगाँजा खेती नष्ट गर्ने अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा शनिबार मात्रै प्रहरीले पर्साको ठोरी गाउँपालिका ३ र ४ का विभिन्न स्थानमा अवैधरुपमा लगाइएकोगाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सुर्ती खेती गरिएको खेतमा रोपिएकागाँजा फाँडेर नष्ट गरेको हो । ठोरी गाँपालिका वडा नम्बर ३ र ४ स्थित ८ बिघा क्षेत्रफलमा लगाइएकोगाँजा खेती नष्ट गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
यसअघि गत कात्तिक ३० गते पनि ठोरी ३ र ४ मै प्रहरीले ११ बिघा जग्गामा लगाइएको करिब २ लाख २० हजार वटागाँजाको बोट फाँडेर नष्ट गरेको थियो । पर्सामा फेरिगाँजा खेती गर्न थालिएको सूचना प्राप्त भएपछि प्रहरीले जिल्लाभर नै अभियान थालेरगाँजा खेती नष्ट गर्न थालेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।
उनले भने, 'गाँजा खेती गरिएको स्थानहरु पत्ता लगाउन प्रहरीले गाउँगाउँमा सुराकी नै खटाइसकेको छ, सूचना पाउने वित्तिक्कै त्यहाँ पुगेर प्रहरीलेगाँजा खेती नष्ट गर्दै आएको छ । जिल्लाको कुनै पनि स्थानमा कसैलेगाँजा रोपेको भए त्यसबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरी उपरीक्षक पाण्डेले अपिल गरेका छन् ।
प्रहरीले पर्सालाईगाँजा खेतीमुक्त जिल्ला बनाउनगाँजा खेती फाड्ने अभियान थालेको भएपनि स्थानीय पालिका जनप्रतिनिधिले भने प्रहरीलाई सहयोग नगरि दिँदा प्रहरीलाई समस्या भएको गुनासो पाण्डेले गरे ।
उनले भने, 'नष्ट गर्न प्रहरी टोली जाँदा जनप्रतिनिधिलेगाँजा खेती गरेका जग्गाधनीको बारेमा जानकारी दिनै मान्दैनन् , जसका कारणगाँजा खेती गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न सकिएको छैन।'
गाजा खेतीको संरक्षणमा प्रहरीको पनि संलग्नता रहेको सूचना आएकाले ग्रामीण क्षेत्रका मातहतका प्रहरी चौकी र कार्यालयका प्रहरी इन्चार्जलाई आन्तरिक कारबाही गर्न पनि थालिएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।
पर्सामा एक दशक पहिले विस्थापित भएकोगाँजा खेती अहिले भने फेरि फस्टाएको छ । दुई वर्ष यता कोभिड १९ संक्रमण नियन्त्रण र लकडाउनमा जिल्लाका सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको मौका छापेर कारोबारीहरुगाँजाको खेती गर्न हौसिएका हुन् ।
खासगरी राष्ट्रिय वन र निकुन्जसँग जोडिएका गाउँहरुमा अहिले व्यापक परिमाणमागाँजाको खेति गरिएको छ। यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानले व्यापक मात्रामागाँजा रोपेका छन् ।
जिल्लाको विजयवस्ती,निर्मलवस्ती, ओडार ,ब्रम्हनगर, रामनगर ,सोनवर्षा , गादी, शंकरसरैया , पटेर्वासुगौली , सुवर्णपुर , मधुवन मथवल , प्रसौनीविर्ता , निचुटालगायतका गाउँमागाँजा रोपिएको हो । एक दशकदेखिगाँजाको खेती बन्द भएका कारण पर्सामागाँजाको बीउको अभाव भएपछि यहाँका किसानले मकवानपुर र धादिङका पहाडी गाउँबाट बीउ ल्याएरगाँजा रोपेका हुन् ।