'मर्निङ वाक'को सट्टामा जनताको घरदैलोमा पुग्छन् मन्त्री यादव

'मर्निङ वाक'को सट्टामा जनताको घरदैलोमा पुग्छन् मन्त्री यादव

विराटनगर : प्रदेश १ को समाजिक विकास मन्त्री जयराम यादव ‘घरदैलो’गर्न थालेका छन्। स्वास्थ रहन निरन्त गरिने  मर्निङ वाकको समयलाई सदुपयोग गर्ने भन्दै उनी विभिन्न टोल र बस्ती घुम्ने गरेका हुन्।  

बिहान ५ बजे घरबाट निस्किने उनी विभिन्न वडा घुम्ने गरेका छन्। केही अगुवा साथीसँग बस्तीमा गएर आफूले सम्हालेको मन्त्रालयले जनतालाई दिने सुविधाहरुको बारेमा बताउँदै आएका छन्। दैनिक १० किलोमिटरको पैदल दुरी तय गर्ने मन्त्री यादव दुईदेखि ३ दिनमा एउटा वडाको घरघरमा पुग्ने गरेको बताउँछन्।

बिहान घरबाट निस्किने उनले २ घण्टाभन्दा बढी समय दिएर प्रदेश सरकारले दिने सेवासुविधाबारे जनतालाई अवगत गराउने गरेका छन्। मैले जनतालाई प्रत्यक्ष भेटेर जनप्रतिनिधिले गर्ने काम र सरकारले गर्ने कामबारे जनतालाई अवगत गराउने गरेको छु। 'कम्युनिष्टले सिंहदरवार केन्द्रित शासन जनताको घरमा पुर्‍याउने नारा मात्र दिए', मन्त्री यादवले भने, ‘हामी व्यवहारिक रुपमा जनतालाई प्रत्यक्ष भेटेर महसुस गराउँदै छौं।म जानकारी दिनुको साथै कसरी प्राप्त उपलब्धी र अधिकारको अधिकतम लाभ दिने कुरासमेत जानकारी दिने गरेको छु।'

उनले स्थानीयको गुनासो समेत घरमा नै पुगेर सुन्दै आएको बताए। आफ्नो टोलमा मन्त्री पुगेर निरन्तर समस्या बुझ्न थालेपछि स्थानीयवासी पनि दंग परेका छन्। स्थानीय वुद्ध मो जमिलले मन्त्रीलाई बिहानै जनताको समस्या बुझन आउने गरेको  देखेर ज्यादै खुसी लागेको बताए। 'पहिले पनि समान्य काममा जाँदा सुनवाइ गर्नुहुन्थ्यो', उनले भने, 'मन्त्री भएपछि पनि घरमा नै आएर समस्या बुझेर समाधान गर्न परामर्श दिंदा उत्साहित भएको छु।'
 
निर्वाचन जितेर गएपछि फोन नउठाउने जनप्रतिनिधि अगुवा कार्यकर्ताको मात्र कुरा सुन्ने परम्परालाई समाजिक विकास मन्त्री जयराम यादवले तोडेको रन्जु कामतले बताइन्। आफूले जुनसुकै पार्टीमा मतदान गरे पनि मन्त्री यादवको बिहान जनताको घरघरमा पुग्ने कामले जनताको घरमा सिंहदरवार पुगेको विश्वास भएको उनले बताइन्। 

घरदैलो क्रममा उनले  जनताको आक्रोश पनि सुन्ने गरेका छन्। जनप्रतिनिधिले जनताको सरोकारलाई वास्ता नगरेको पीडा उनी गम्भीर भएर सुन्दै समाधानको उपाय बताउने गरेका छन्। 

बिहान घरदैलो गरेर आएपछि मन्त्रीले जनताको गुनासा टिपोट गर्ने गरेको बताए। जनताको समस्या समाधान गर्न बिहानको समयमा आएका गुनासा टिपेर आफूले प्रदेश सरकार र स्थानीय तहसँग सवन्वय गरेर समाधान गर्न निरन्तर लागेको उनले बताए।     

मन्त्रीले हालसम्म क्वाटर समेत लिएका छैनन्। विराटनगर स्थित जतुवामा पैकृत घरमा नै सुरक्षा गार्ड सहित बस्दै आएका छन्। क्वाटरमा बसे जनताको समस्या बुझ्न सहज नहुने भएकाले आफ्नै घरमा बसेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दे आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.