उद्योग वाणिज्य संघमा अग्रवाल समूह निर्वाचित

उद्योग वाणिज्य संघमा अग्रवाल समूह निर्वाचित

राजविराज : सप्तरी उद्योग वाणिज्य संघको आइतबार घोषित निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन्। सात वर्षपछि भएको अधिवेशनमा संघका निवर्तमान उद्योग उपाध्यक्ष शंकरकुमार दासलाई फराकिलो मतले पराजित गर्दै उद्योगी लालुप्रसाद अग्रवाल अध्यक्षमा निर्वाचित भएका हुन्। 

अग्रवालले ७४६ मत प्राप्त गर्दा दासले ३२७ मत ल्याएको प्रमुख निर्वाचन अधिकारी रामकुमार यादवले जानकारी दिए। अग्रवाल र दासले बेग्ला–बेग्लै १४ सदस्यीय प्यानलसहित उम्मेदवारी दिएका थिए।

दास समूहबाट सहकोषाध्यक्षमा निर्मल मुन्धडा र सदस्यमा संजय पुर्वे विजयी भएका छन्। अन्य विजयी पदाधिकारी र सदस्यहरु अग्रवाल समूहका हुन्।

उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्दप्रसाद साहले ५७२ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी रामअशिष साहले ४७० मत प्राप्त गरे। वाणिज्यतर्फको उपाध्यक्षमा रमेशकुमार साहले ८१८ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी गौरीशंकर साहले ३२८ मत प्राप्त गरे। गौरीशंकर यसअघि वाणिज्य उपाध्यक्ष नै थिए। महासचिवमा अमृतकुमार संचेतीले ६५५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुरज सिंहले ३८५ मत ल्याए।

यसैगरी सचिवमा सुरेन्द्र विमलले ५९३ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी गुलामबदी उजुम खाँले ४२४ मत प्राप्त गरे। कोषाध्यक्षमा प्रमोदकुमार कावराले ६८४ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी दिनेशप्रसाद साहले ३८९ मत प्राप्त गरे।

सह–कोषाध्यक्षमा निर्मल मुन्धडाले ५४४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी अनिलप्रसाद सिंहले ४७६ मत प्राप्त गरे। निर्वाचन समितिले घोषणा गरेअनुसार सदस्यहरुमा सन्तोष सिंन्हाले ६३२, सचिन्द्र दासले ५६९, सुरेन्द्र साहले ५१६, कमलप्रसाद साहले ५२०, संजय पुर्वेले ४९५, दिलिपप्रसाद गुप्ताले ४८३ र महिला सदस्यमा अम्बिका दाहालले ६३७ मत प्राप्त गरी निर्वाचित भएका छन्।

संघमा कुल १ हजार ३२२ मतदाता रहेकोमा १ हजार १६१ जनाले मतदान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.