स्याङ्जा कांग्रेस अधिवेशन : रेग्मी र खाँण क्षेत्रीय सभापतिमा विजयी

स्याङ्जा कांग्रेस अधिवेशन : रेग्मी र खाँण क्षेत्रीय सभापतिमा विजयी

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा तुलसीराम रेग्मी र दिलिपप्रताप खाँण क्षेत्रीय सभापतिमा बिजयी भएका छन्। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ मा रेग्मी र २ खाँण बिजयी भएका हुन।

दुई समूहबीच भएको क्षेत्रीय समितिको प्रतिस्पर्धामा दुबैतर्फ आ-आफना प्यानलसहित विजयी भएका हुन। रेग्मीले ओमबहादुर भट्ट केसीलाई ३१५ मतान्तरले जितेका छन्। उनका सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मासहित सहसचिवमा ध्रुव शर्मा र पशुपति पोखरेल बिजयी भए।

स्थानीय तहको निर्वाचनमा रेग्मी पुतलीबजार नगरप्रमुख उम्मेदवार थिए, भने खाँण वालिङ् नगरप्रमुख हुन्।  यसैगरी, खाँणका प्रतिस्पर्धी ध्रुव शर्मा पंगेनीलाई ४५९ मतान्तरले जितेका हुन। उनका सचिवमा फणीनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे (सुन्दर) सहित सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोबिन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खडका, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ् (विश्व) र श्रीराम उपाध्याय निर्वाचित भए।

यस्तै खस आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी, महिला खुल्लातर्फ देवी अर्याल, तारा मल्ल, बन्दना लम्साल, लेखमाया पौडेल र खस आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित भएका हुन्।

दलिततर्फ अमृत विक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसंख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित भए।यसैगरी, क्षेत्र नं. २ क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, बिष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे बिजयी भएका हुन्।

खुल्ला महिलातर्फ कल्पना तिवारी, कबिता तिवारी, सरस्वती अर्याल, खगीसरा भण्डारी र खस आर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित भए।

यस्तै, समावेशी जनजाती पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ विमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लिलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिए।

स्याङ्जाका दुबैतर्फ गरेर २ हजार २ सय ५९ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.