नवलपरासीमा देउवालाई धक्का

नवलपरासीमा देउवालाई धक्का

परासी: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनौटमा देउवा गुट कमजोर देखिएको छ। इतर गुटले बुहमत प्रतिनिधि जितेको छ। महाधिवेशन प्रतिनिधि केन्द्रीय समिति निर्वाचनका मतदाता हुन्।

केन्द्रीय समिति चयनका लागि यस जिल्लाबाट निर्वाचितसहित कूल ५३ जना प्रतिनिधि सहभागी हुने भएका छन्। जसमा २९ जना इतर गुटका छन् भने २४ जना देउवा गुटका छन्।

महाधिवेशन प्रतिनिधिमा २ निर्वाचन क्षेत्रको अधिवेशनबाट ५० जना चुनिएका छन्। २ जना निर्वाचित क्षेत्रीय सभापति स्वतः प्रतिनिधि रहने व्यवस्था छ। जसअनुसार २ निर्वाचन क्षेत्रबाट २ जना सभापति रहनेछन् भने केन्द्रीय सदस्यसमेत प्रतिनिधि रहने व्यवस्थाले सांसद एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल महाधिवेशन प्रतिनिधि रहेका छन्।

तीमध्ये देउवा इतरको १ क्षेत्रीय सभापतिसहित २९ जना निर्वाचित भएका न् । देउवा गुटको १ क्षेत्रीय सभापति र केन्द्रीय सदस्य कँडेलसहित २४ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। जिल्लामा देउवा गुटमा रहेका पूर्व गृहराज्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ।

केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन्। दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ।

अधिवेशनमा निर्वाचन क्षेत्र नं. १ मा इतरगुटले कार्य समितिसहित २५ जना सबै महाधिवेशन प्रतिनिधि जितेको छ। त्यस क्षेत्रमा देउवा गुटका क्षेत्रीय सभापतिका उमेदवार अशोकजंग राणालाई इतर गुटका मुकुलकुमार आचार्यले २ सय ३४ मत अन्तले हराउँदै कार्य समितिको प्यानल नै जितेको हो।

क्षेत्र नं. २ मा देउवा गुटले कार्यसमिति प्यानल नै जितेको छ। त्यस क्षेत्रमा देउवा गुटका सभापतिका उमेदवार माधवप्रसाद पाण्डेले इतर गुटका नरेन्द्रकुमार गुप्तालाई ५३ मतअन्तरले हराएका छन्। पराजित गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन्।

महाधिवेशन प्रतिनिधि जित्ने देउवाइतर गुटमा क्षेत्र नं. १ बाट संविधानसभा सदस्यद्वय विक्रम खनाल, देवकरण जयसवाल छन्। त्यस्तै लालबहादुर गुरुङ, उमेशचन्द्र यादव, कृष्ण प्रसाद घिमिरे, कृष्णप्रसाद पाण्डे, चन्द्रप्रसाद ढकाल, तारा न्यौपाने, लालबहादुर अधिकारी र विश्वप्रेम पाठक छन्। त्यसैगरी भीमा गिरी, जीवनाथ पौडेल, सुकबहादुर गुरुङ, सुशिलादेवी कलवार, बन्धु बरई, नीता हरिजन, कर्णबहादुर विश्वकर्मा, रीता फौजदार, गिरिशबहादुर थारु, बदरुल हक खान र पवनकुमार गुप्ता, धममती सापकोटा, सीता चापागाई, सुमित्रा बाँस्तोला र ज्ञानीमाया लामाले इतर गुटबाट महाधिवेशन प्रतिनिधि जितेका छन्।

क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि जित्ने देउवा गुटमा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, ऋषिराम पौडेल, मोहन प्रसाद शर्मा, राधेश्याम पाठक, यज्ञप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, लालबहादुर सेन ठकुरी छन्। त्यस्तै रम्भा कुँवर, मञ्जु कँडेल, दुर्गाबहादुर गुरुङ, पावित्रीदेवी कोहाँर, राजेश यादव, रामचन्द्र मौर्य, विनोद गौतम हरिजन, मिना चौधरी, महेन्द्र राय थारु, तौखिक अहमद अन्सारी र शिवशंकर राय छन्। उक्त गुटबाट प्रतिनिधि जित्नेमा अनिता शर्मा, ज्योती ढकाल, सीता ज्ञवाली र सुनिताकुमारी श्रेष्ठ छन्।

त्यस क्षेत्रबाट देउवा इतर गुटबाट प्रतिनिधि जित्नेमा गुणनीधि तिवारी, अर्जुनकुमार पोखरेल र भीमबहादुर थापा छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि अहिले नेताहरु जिल्ला अधिवेशनको दौडधुपमा लागेका छन्। निर्वाचन क्षेत्र अधिवेशनको मत परिणामअनुसार देउवाइतर गुटको वर्चस्व देखिएको छ। देउवा गुटभन्दा इतर गुट १ सय ८२ मतले अघि देखिएको छ। मत परिणामले देउवा इतरका नेताहरु पूरै जिल्ला समिति जित्नेमा ढुक्क हुँदै प्रचार प्रसारमा जुटेका छन्।

जिल्ला सभापतिका लागि दुवै गुटले यसअघि नै उमेदवार घोषणा गरिसकेका छन्। देउवा गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई सभापतिको उमेदवार घोषणा गरेर प्रचार प्रसारमा लागेका छन्। जिल्ला अधिवेशन १० गतेलाई तोकिएको छ। यी सबै निर्वाचनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरु हुन्। जिल्लामा कूल १३ सय ३८ जना मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.