स्याङ्जा कांग्रेस अधिवेशन : पराजित उम्मेदवारले गरे मतदानस्थलमा सरसफाइ
स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाको अधिवेशनपछि मतदानस्थलमा यत्रतत्र छरिएका फोहोरमैला पराजित युवाहरुको सक्रियतामा व्यवस्थापन गरिएको छ। सदरमुकाम अर्थात् पुतलीबजार नगरपालिका-१ स्थित सभागृहमा भएको अधिवेशनपछि फोहोरमैला युवाहरुले व्यवस्थापन गरेका छन्।
जिल्ला प्रवक्ता एवं संघीय महाधिवेशन प्रतिनिधिमा पराजित इन्द्रबहादुर गोदार, अल्पसंख्यक तर्फका महाधिवेशन प्रतिनिधिमा पराजित मोहम्मद सहिद अलि, महिलातर्फका कोशिला पौडेल (करुणा), दिलिपाश्री अधिकारी तरुण दलका उपाध्यक्ष एवं प्रदेशसभा ख मा पराजित रविन केसी, प्रदेश प्रतिनिधिमा पराजित विज्ञान भण्डारी, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा पराजित बद्री पौडेल, कांग्रेस जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, प्रदेश महाधिवेशन प्रतिनिधी निर्वाचित बिदुषा बस्नेत र युवा नेता इश्वर अर्याल लगायतले सभागृह परिसरको सरसफाई गरेका हुन।
निर्वाचनका बेला प्रयोग गरिएका पर्चा पम्लेट,खाजाका प्याकेट, पानीका बोतललगायत यत्रतत्र फालिएका वस्तुलाई उनीहरुले व्यस्थापन गरेका हुन्। सभागृहको प्रवेशद्वार (गेट) देखि भवनभित्रसम्मका फोहोरमैला सफाइ गरेका हुन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत स्याङ्जामा वडादेखि क्षेत्र र संघीय महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी निर्वाचन सम्पन्न भएका छन्। कांग्रेसको आन्तरिक निर्वाचन कहिले पार्टी कार्यालयमा गरिए। कहिले पार्टी प्यालेस र सभागृहमा पनि।
निर्वाचनका बेला प्रयोग गरिएका पर्चा पम्लेटलगायत यत्रतत्र टाँगिएका र फालिएका कागजातले सभागृह परिसर दुषित देखिएपछि सफाइमा जुटेको प्रवक्ता गोदारले बताए।