एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान (फोटोफिचर)

एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान (फोटोफिचर)

चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले नारायणी नदीको किनारको रौनकता बढेको छ। एमालेमय बनेको उद्घाटन सत्रको ठूलो मञ्चले सबैको ध्यान तानेको छ। 

शुक्रबार उद्घाटन हुने मुल समरोहको तयारी तीब्र पारिएको छ। अहिलेसम्म ७५ प्रतिशतको काम पूरा भएको स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले बताए। ‘मञ्च बनाउने काम हामीले राति बाह्र बजेसमम भएपनि काम गरेका छौँ’ उनले भने ‘ बिहीबार बेलुकीसम्म हामीले मूल आयोजकलाई मञ्च हस्तान्तरण गर्ने योजना हो। ’

नदी किनारलाई सजाउन थालिएको छ। नारायणी नदी पारिपट्टि एमालेका ठूला ब्यानर राखिएको छ।

मूल समारोहका लागि स्टेज निमार्णको अन्तिम चरण्को काम भइरहेको छ। महाधिवेशनमा २१ वटा सेल्फी प्वाइन्ट तयार गरिदैँछ। चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। मञ्चको अघिल्लो भागको दायाँतर्फ पार्टीको झण्डा बोकेको गैडाको मूर्ति रहनेछ। त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी  रहने छ। महाधिवेशन उद्घाटन सत्रमा २३ स्थानमा एमालेको प्रचारमूलक तस्बिर रहनेछन्। 

महाधिवेशनको बन्द सत्र हुने सौराहामा चहलपहल बढेको छ। महाधिवेशन प्रतिनिधिहरु बिहीबारबाट चितवन आउनेछन्। नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारी अन्तिम चरणमा भएको बताए। 

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी स्थलमा उद्घाटन सत्र गरिने छ। बन्दसत्र सौरहाको होटल सेभेनस्टल परिसरमा हुने छ। बन्दसत्रका लागी तीन हजार पाँच सय कोठा एमालेले बुकिङ गरेको छ।

नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन्। महाधिवेशनलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ। 

तस्बिर : अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.