एमाले सचिवमा पदमा अर्यालले उम्मेदवारी दिने
स्याङ्जा : नेकपा एमालेको केन्द्रीय सचिव पदमा पदमा अर्यालले उम्मेदवारी दिने भएकी छन्। नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटनसत्र नजिकिँदै गर्दा अर्याललगायत स्याङ्जाका ८ जनाले केन्द्रीय समिति तथा पदाधिकारीका उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै (पारस) ले जानकारी दिए।
नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री अर्यालले सचिव पदमा उम्मेदवारी दिने भएकी हुन्। उनी अहिले केन्द्रीय सदस्य हुन्। यसअघि ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीदेखि पूर्णमन्त्रीगरी ३ पटक मन्त्री बनेकी अर्याल स्याङ्जा एमाले पूर्वअध्यक्ष पनि हुन।
अर्यालसँगै, गण्डकी प्रदेश सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै (पारस), केन्द्रीय सदस्य दवय सीता सुन्दास र सीमा क्षेत्री, गण्डकी प्रदेश सचिवालय सदस्य मिनप्रसाद गुरुङ, किशोरविक्रम मल्ल, गण्डकी प्रदेश सदस्य खिम थापा र मोहनप्रसाद रेग्मीको केन्द्रीय सदस्यका आकांक्षी उम्मेदवार रहेको जिल्ला अध्यक्ष गैह्रेले बताए।
महाधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत प्रक्रियादवारा पदाधिकारी तथा सदस्य टुंग्याउने योजना बनाइरहेका बेला स्याङ्जाबाट ८ जना आकांक्षी देखिएका हुन्।