एमाले महाधिवेशनमा भाजपाका नेताहरु सहभागी हुने
काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनमा भारतीय जनता पार्टी (भाजपा) नेताहरु सहभागी हुने भएका छन्। यही मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्रमा भारतीय सत्तारूढ़ दल भाजपाको तर्फबाट पूर्वकेन्द्रीय मन्त्री डा. हर्षवर्द्धन र भाजपाका राष्ट्रीय सचिव हरिश द्विवेदी सहभागी हुनेछन्।
पार्टी अध्यक्ष केपी ओलीको निमन्त्रणामा भाजपाका नेताहरु सहभागी हुन लागेका हुन्।